आज बिहान पनि काठमाडौँमा परकम्प

काठमाडाौँ, १८ असोज ।आज बिहान २ बजेर ४ मिनेटमा ३.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।काठमाडाौँको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु रहेको यो भूकम्प गोरखा भूकम्पपछिको परकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका ४८७ वटा परकम्प गइसकेको केन्द्रले जनाएको छ ।चार रेक्टरभन्दा साना परकम्प हजारौँको संख्यामा गइसकेका छन् । चार रेक्टरभन्दा साना परकम्पको खासै असर नपर्ने गरेको भट्टराईले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?