२८ जेष्ठ २०८०, आईतवार

अनुदानमा खोप दिने चिनियाँ घोषणा पछाडिको स्वार्थ के ?

२०७७,माघ,२२,बिहीवार ०८:५५

0
Shares

काठमाडौं । चीनले हालै नेपाललाई अनुदानमा कोरोनाविद्धको खोप दिने घोषणा गरेपछि तरंग उत्पन्न भएको छ । चिनियाँ दूतावासले नेपाललाई ३ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनले खोप दिने घोषणा गरेपनि आयातका बारेमा विस्तृत प्रक्रिया शुरु भइरहेको छैन । सिनोफर्म खोपको ३ लाख डोज प्रदान गर्ने एकतर्फी घोषणा गरिनुले वास्तविक चिनियाँ अभिप्रायबारे नेपाली जनता र अधिकारीहरुमा शंका उब्जेको जानकारहरुको भनाइ छ । स्रोतका अनुसार सो घोषणा पछाडिको वास्तविक अभिप्राय सुरक्षा र प्रभावकारितासम्बन्धि आवश्यक कागजात बिना नै सो खोपलाई नेपालमा आपतकालीन प्रयोगको लागि आधिकारिता प्राप्त गर्न लगाउनु हो।

चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा पाकिस्तानमा सिनोफार्मलाई दिएको आधिकारिकताको हवाला दिँदै नेपालमा पनि सो खोपको आधिकारिकता दिनुपर्ने तर्क गरिएको छ। पाकिस्तानले सुरक्षा र प्रभावकारितालाई कति ध्यानमा राखेर उक्त खोपलाई आधिकारिकता दिएको हो भन्ने स्पष्ट पारिएको छैन । अहिले अनुदानमा खोप दिने घोषणापछिको स्वार्थ व्यापार नै जोडिएको बताइएको छ । साइनोफर्मको खोपको आधिकारिता प्राप्त भएपछि उक्त खोपलाई नेपाली बजारमा प्रति डलर १९.३० मा बेच्ने योजना बनाइएको स्रोतको दावी छ ।

औषधि उद्योगहरूले जनाएअनुसार भारतमा उत्पादित सेरम भ्याक्सिनको मुल्य सुरक्षा सुनिश्चितता पनि नभएको चिनियाँ खोपको एक अंश पनि पर्दैन। तसर्थ ३ लाख डोज खोप उपहारमा दिने चिनियाँ प्रस्तावले नेपालीहरूको स्वास्थ्यसँग कुनै सरोकार राख्दैन, बरु उसको सो प्रस्ताव भारतको खोपमैत्री पहलमा प्रतिरोध गर्ने प्रयासबाट बढी प्रेरित रहेका उनीहरुको भनाइ छ ।
केही अघि भारतले नेपाललाई दिएको १० लाख डोज खोप अहिले धमाधम लगाउने काम भइरहेको छ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार ०८:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको बताएका छन् । नेपाल

 दोधारा चादनी । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०