१४ जेष्ठ २०८०, आईतवार

स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती मनाइँदै

२०७७,माघ,२२,बिहीवार ०८:३२

0
Shares

काठमाडौं । समुद्रपारि जाने पहिलो सन्यासी स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष माघकृष्ण सप्तमीका दिन स्वामी विवेकानन्द जयन्ती मनाइन्छ ।

सन् १८६३ जनवरी १२ तारिख अर्थात् माघ कृष्ण सप्तमीका दिन उनको जन्म भएको थियो । वैदिक सनातन धर्मलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने आद्य शङ्कराचार्यपछि विवेकानन्द नै पहिलो व्यक्ति बनेका रामकृष्ण आश्रम नेपालका अध्यक्ष स्वामी एकार्थनन्द पुरी बताउँछन् ।
सन् १८९३ मा अमेरिकामा भएको विश्व धर्म महासभामा भाग लिन कुनै संस्थाको प्रतिनिधि हुनुपर्ने व्यवस्था थियो । कुनै संस्थाको प्रतिनिधि विना अमेरिका पुगेका विवेकानन्दले विश्वकोशको उपनामले परिचित हार्वर्ड विश्वविद्यालयका प्रा. हेनरी राइटलाई भेटे । पहिलो भेटमै राइट विवेकानन्दको विद्वत्ताबाट प्रभावित भए ।

राइटले विवेकानन्दलाई विश्व धर्म महासभाको प्रतिनिधि बन्न अनुरोध गरे । विवेकानन्दसँग परिचय माग्नु भनेको सूर्यलाई उदाउने अधिकार कसले दियो भनी सोध्नुजस्तै हुने राइटको भनाइ थियो । राइटले महासभाका प्रमुख मानिसलाई पत्र लेखी हाम्रा देशका सबै विद्वान्लाई एकैतिर राख्दा पनि विवेकान्दको विद्वत्ता भारी हुने पत्र महासभाका प्रमुखलाई लेखेपछि उनले भाग लिन पाएका थिए।

विवेकानन्दले सन् १८९३ सेप्टेम्बर ११ तारिखमा पहिलो दिनको महासभालाई सम्बोधन गरे । त्यसैबाट विश्वभरबाट जम्मा भएका करिब सात हजार मानिस विवेकानन्दसँग आकर्षित भए । विवेकानन्दले त्यसबेला ‘सिस्टर्स एण्ड ब्रदर्स’ शब्दको उच्चारण गर्ने बित्तिकै दुईदेखि तीन मिनेटसम्म ताली गुञ्जायमान भएको थियो ।

उनले “हामी सहिष्णुताका कुरामात्र गदैनौँ, विश्वका सबै धर्मलाई साँचो भनी स्वीकार गछौँ, म यस्तो धर्मको अनुयायी हुनुमा गर्व गर्छु जसले धेरै धर्मका शरणार्थीलाई भारतवर्षले शरण दिएको छ, त्यो सबै धर्मको जननी हो” भने । यसै प्रवचनबाट उनको ख्याति विश्वव्यापीरुपमा फैलिएको थियो । उनले वैदिक सनातन धर्मलाई विश्वव्यापीरुपमा फैल्याउन पु¥याएका योगदानको स्मरण गर्दै भारतवर्षका विभिन्न स्थानलगायत विश्वभर नै स्वामी विवेकानन्द जयन्ती मनाइँदै छ ।

स्वामी विवेकानन्दका गुरु रामकृष्णको नामबाट नेपालमा विसं २०६८ मा स्थापना भएको रामकृष्ण आश्रम नेपालले आज ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा प्रवचन एवं उनको योगदानका विषयमा चर्चा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार ०८:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भुमिराज पिठातोली- बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ

काठमाडौं । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

महोत्तरी । सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी र पापनासक मानिने देवी संसारीमाईको प्रत्येक पाँच वर्षमा हुने महापूजा तयारीले जलेश्वरको चहलपहल बढाएको

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०