काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दाहाल नेपाल समूहको आमहड्ताललाई ‘पद नपाएको कुण्ठा’ भन्दै कटाक्ष गरेका छन् । थापाले सामाजिक सञ्जाल फेसबुकमा दाहाल–नेपाल पक्षले आमहड्ताल गर्ने सुन्दा हास हाँसो थाम्न गाह्रो भएको भन्दै उनले उनले कटाक्ष गरेका छन् ।
“माझण्ड (माधव–झलनाथ–प्रचण्ड) गुटले संबैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसो थाम्न गार्हो पर्यो,” थापाले लेखेका छन्, “न बा–हड्लाल, न आमा–हड्ताल, पद नपाएको कुण्ठा ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपश्चात विवादकाबीच संवैधानिक आयोगमा नियुक्ति गरेपछि दाहाल नेपाल समूहले आज देशव्यापी आम हड्तालको आयोजना गरेको छ ।