२७ जेष्ठ २०८०, शनिवार

म्यानमारको ‘कू’ विफल पार्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रसंघको अपिल

२०७७,माघ,२२,बिहीवार ०७:२७

0
Shares

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले म्यानमारमा भएको सैन्य ‘कू’ विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन्। महासचिव गुटेरसले चुनावलाई उल्ट्याउनु स्वीकार्य नभएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका सिकाउनुपर्ने बताएका छन्।

म्यानमारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न उनले आह्वान गरेका छन्। पश्चिमा देशहरूले ‘कू’को निन्दा गरेका छन् । तर समान धारणा राखेर वक्तब्य निकाल्न चीनले भने अस्वीकार गरेको छ ।

यो विषयमा सुरक्षा परिषद्‌मा एकता हुने गुटेरसले आशा व्यक्त गरेका बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सम्भाव्य वक्तब्यबारे छलफल गर्दैछ । यद्यपी परिषदको बैठकमा ‘कू’को निन्दा हुने कुनै पनि शब्द चीनले रोक्ने ठानिएको छ। चिनले भिटो अधिकार प्रयोग गर्नसक्ने सम्भाव्यतालाई पनि नकार्न सकिन्न ।

गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोपमा म्यानमारको सेनाले नेतृ आङ सान सूकी र राष्ट्रपति विन मिनलाई हिरासतमा राखेको छ । म्यानमारको प्रहरीले सूकीविरुद्ध विभिन्न अभियोगहरू लगाएको छ र फेब्रुअरी १५ तारिखसम्म उनी हिरासतमा रहनेछिन्। एक वर्षका लागि सङ्कटकाल लागु गरेको सेनाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार ०७:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको

काठमाडौं । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँएका छन्

काठमाडौं । कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन्

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०