काठमाडौं । काठमाडौंको गोंगबुमा एक ट्याक्सीमा अज्ञात व्यक्तिहरुले आजजनी गरेका छन् । आज बिहीवार बिहानै प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको प्रहरीले जनाएको छ । दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जनाइएको छ ।
दाहाल–नेपाल समूहको नेकपाले आज देशभर शान्तिपूर्ण आम हड्ताल गर्ने बताए पनि बिहानै रोकिराखेको ट्याक्सीमा आगजनी भएको छ ।आगजनीबाट ट्याक्सी जलेर पूर्णरुपमा ध्वस्त बनेको छ ।
यद्यपी आगजनी गर्ने सो समूहका कार्यकर्ता हुन् वा होइनन् भन्ने जानकारी नभएको प्रहरीले जनाएको छ ।
सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेपछि त्यसको विरोधमा दाहाल–नेपाल समूहको नेकपाले आज देशव्यापी आम हड्ताल शुरु गरेको छ ।