काठमाडौँ– नेकपा प्रचण्ड-माधव पक्षले भोलि बिहिवार आम हड्ताल घोषणा गरेको छ ।
गृह मन्त्रालयले सवै सेवा निर्वाधरूपमा संचालन गर्न आग्रह गर्दै आम हड्तालमा उत्रनेलाई कारबाही गर्ने जनाएको छ ।विवेकशील साझा पार्टीले बन्दको विरोधमा भोलि नै काठमाडौँको माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ । बन्दको सामाजिक संजालमा पनि विरोध भैरहेको छ ।
नेकपा प्रचण्ड-माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने विभिन्न ३ कारणले गर्दा नेपाल बन्द गर्नुपरेको उल्लेख गरेका छन् ।
तीन कारण
१) केपी ओली सरकारले संवैधानिक परिषदको अवैधानिक वैठकबाट निर्णय गराई संसदीय सुनुवाई बिना बलजफ्ति संवैधानिक अङ्गहरुको पदाधिकारी र सदस्यहरुको शपथग्रहण गराएकोमा यो निरङ्कुशता र बल्मिच्याईको बिरोध गर्न ।
२) प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक एवं प्रतिगामी कदमलाई खारेज गरी प्रतिनिधिसभा सुचारु गर्न , प्रतिगामी षडयन्त्रलाई असफल पार्न र संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न ।
३) प्रतिनिधिसभा बिघटन गर्ने आफ्नो प्रतिगामी कदम पछि स्वत: काम चलाउ सरकारमा परिणत भएको वर्तमान सरकारको अन्य गैरसंवैधानिक ,गैरकानूनी ,एवं स्वेच्छाचारी निर्णय र फसिष्ट गुण्डाराजको अन्त्य गर्न । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आव्हान गरेको भोलि २०७७ माघ २२ गतेको देशब्यापी आम हड्ताल सफल पारौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया