बालुवाटारबाट झटारो- ‘पद नपाउँदा कुण्ठा पाल्दा हाँसो उठ्यो’

काठमाडौँ-  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–नेपाल समूहले संवैधानिक निकायमा आफ्नो मान्छे नियुक्त गर्न नपाउँदा आमहड्ताल गरेको टिप्पणी गरेका छन् ।

उनले बुधबार राति सामाजिक सञ्जालमार्फत प्रचण्ड–नेपाल समूहप्रति सो टिप्पणी गरेका हुन् । ‘माझण्ड (माधव–झलनाथ–प्रचण्डं) गुटले संवैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसो थाम्न गाह्रो पर्यो’, उनले भनेका छन् ।

उनले पद नपाउँदा कुण्ठा पाल्ने काम प्रचण्ड नेपाल समूहले गरेको पनि आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?