२८ जेष्ठ २०८०, आईतवार

२४ घण्टामा थपिए १४२ कोरोना संक्रमित

२०७७,माघ,२१,बुधबार २१:४५

0
Shares

काठमाडौँ– पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ४३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप तीन हजार ५९७ को पिसिआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा पिसिआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ८१ हजार ६९५ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६७ हजार ६५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २०६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर दुई हजार ३३५ सक्रिय सङ्क्रमित छन् । हाल ९५ सङ्क्रमित क्वारेन्टिनमा छन् । यस्तै ६१ सङ्क्रमित आइसीयुमा तथा १७ सङ्क्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय थपिएका कोरोना सङ्क्रमितमा प्रदेश नं १ को ओखलढुङ्गमा एक, खोटाङमा दुई, झापामा चार र पाँचथरमा एक, प्रदेश नं २ को धनुषामा एक, बारामा एक र सर्लाहीमा एक, वाग्मती प्रदेशको काठमाडौँमा ४४, चितवनमा छ, नुवाकोटमा एक, भक्तपुरमा तीन, रसुवामा एक, रामेछापमा एक, ललितपुरमा आठ, सिन्धुपाल्चोकमा एक र सिन्धुलीमा एक, गण्डकी प्रदेशको कास्कीमा १३, नवलपरासीपूर्वमा एक, लमजुङमा चार, बागलुङमा तीन र स्याङ्जामा एक, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा तीन, कपिलवस्तुमा तीन, गुल्मीमा एक, दाङमा छ, प्युठानमा एक, बर्दियामा दुई, बाँकेमा दुई र रुपन्देहीमा ३० तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा एक र कैलालीमा दुई जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट एकको मृत्यु नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा एकको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ३१ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार २१:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ

खोटाङ । यही जेठ ५ गतेदेखि खोटाङमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ९१ जनाको नमुना

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना भाइरस विरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०