काठमाडौँ- भोजपुरस्थित इर्खुवा खोलामा १४ दशमलव १५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि करिव १ अर्ब ७२ करोड रुपैयाको ऋण लगानी जुटेको छ ।
नेशनल हाइड्रो पावर लिमिटेड मुख्य प्रवर्द्धक रहेको लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेड तथा माछापुछ्रे बैक लिमिटेडको अगुवाइमा नेपाल एसविआई बैंक लिमिटेड र ज्योति विकास बैंक लिमिटेडले ऋण उपलब्ध गराउनकोलागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त आयोजनाका लागि करिब ५ करोड रुपैयाँको पूँजी लगानी नेशनल हाइड्रो पावर लिमिटेड र अन्य अरु लगानी कर्ताहरुले उपलब्ध गराउनेछन् । सो आयोजनाबाट २०७९ सालमा विद्युत उत्पादन गरिनेछ । आयोजनाको हाल तीब्र रुपमा काम भइरहेकोछ । करिब २५ सय मिटरको सुरुङ्मा ८१० मिटर उत्खनन भइसकेको छ ।
पहुँच मार्ग, आवश्यक जग्गा प्राप्ती जस्ता कामहरू सम्पन्न भइसकेका छन् । आयोजनाका मुख्य संरचनाहरू निर्माण गर्न ठेकेदारहरुसँग सम्झौता समेत भइसकेको छ । आयोजनाबाट बार्षिक ७ करोड ५० लाख युनिट बिजुली उत्पादन हुँदा करिब ४३ करोड रुपैयाँ बिजुली विक्रिबाट कम्पनीलाई आम्दानी हुनेछ । यो कम्पनीले २०७८/०७९ मा करिब १५ करोड रुपैयाको आइपीओ सर्वसाधारणमा जारी गर्नेछ र सो रकम आयोजना निर्माणमा खर्च गरिनेछ ।
कम्पनीले बैंकहरुसंग लिएको ऋणको सावा व्याजको भुक्तानी आयोजना संचालनमा आएको १२ वर्ष भित्र गरिसक्नेछ । लोअर इर्खुवा हाइड्रो पावर कम्पनीको प्रमुख प्रवर्दक नेशनल हाइड्रो पावर कम्पनीले विगत १८ वर्षदेखि सिन्धुपाल्चोक जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको इन्द्रावती तेश्रो जलविधुत आयोजना संचालन गर्दै आएको छ भने सोहि जिल्लामा ४ दशमलव ५ मेगावाटको तल्लो इन्द्रावतीको इजाजत पत्र प्राप्त गर्ने पहल गरिरहेको छ ।
यो कम्पनीको बार्षिक करिव ० दशमलव २० करोडको आम्दानी रहेको छ । यसले इन्द्रावती तेश्रो आयोजना निर्माण गर्न बैंकहरुसंग लिएको ऋण २०७४ सालमा नै चुक्ता गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया