२२ जेष्ठ २०८०, सोमवार

जनताको बलबाट प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्छ : बाबुराम भट्टराई

२०७७,माघ,२१,बुधबार १७:२३

0
Shares

चितवन । जनता समाजवादी पार्टी सङ्घीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताएका छन् । जसपा चितवनले आज बुधवार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको विचार व्यक्त गरेका हुन् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदै जनताको बलबाट भए पनि प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्ने बताए । उनले भने, “हामी नजितेसम्म लड्छौँ । बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ ।” पार्टीले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरिरहेको जानकारी पनि उनले दिएका छन् ।

फरक प्रसङ्गमा उनले पार्टी एकताको प्रक्रिया केही समयमा नै टुङ्गाएर अघि बढ्ने योजनासहित अघि बढेको जानकारी दिए । “पार्टीलाई वैकल्पिक शक्तिका रुपमा विकास गर्ने योजनाका साथ हामी लागेका छौँ”, उनले भने ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १७:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पहुँचका आधारमा बजेट विनियोजन गरिएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०