बाँके । नेपालगञ्ज उपमहानगरपालिका १८ घर भई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक पदमा कार्यरत २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नेपालगञ्ज उपमहानगरपालिका १८ लग्दहवा ठेगाना भएका कर्की भन्ने २४ वर्षीय दिनेश कुमार कुर्मि (बर्मा), सोही ठाउँ बस्ने सुर्खेत गुर्भाकोट नगरपालिका १४ गुमि घर भएका १९ वर्षीय निश्चल गुरूङ, नेपालगञ्ज उपमहानगरपालिका ४ बसपार्क डेरा गरी बस्ने जाजरकोट जुनिचाँदे गाउँपालिका ७ घर भएका तेज मगर भन्ने २१ वर्षीय तेज बहादुर बिएम, नेपालगञ्ज उपमहानगरपालिका ६ फुलटेक्रा बस्ने १७ वर्षीय किशोर, नेपालगञ्ज महानगरपालिका ५ बसपार्क ठेगाना भएका १६ वर्षीय किशोर, नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुर बस्ने राप्ति सोनारी गाउँपालिका १ कुसुम घर भएका १७ वर्षीय किशोर र नेपालगंज उपमहानगरपालिका २ घरबारीटोल बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० घर भएका १६ वर्षीय किशोर रहेका छन् ।
राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगञ्जमा कार्यरत प्रविण गत माघ २ गते नेपालगञ्ज उपमहानगरपालिका १८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया