२८ जेष्ठ २०८०, आईतवार

तयार भयो लेकाली पदमार्गको गुरुयोजना

२०७७,माघ,२१,बुधबार १७:००

0
Shares

बागलुङ । बागलुङ को तमानखोलामा पर्ने पर्यटकीय सोलेडाँडा र ताराखोलाको डुडेलेकसहितका भूगोल समावेश ‘लेकाली पदमार्ग’ को गुरुयोजना बनाइएको छ । मोटरबाटोले धेरै स्थानमा पुग्न सकिने भए पनि पदयात्राबाट जाने अवस्था अझै नभएपछि ढोरपाटनसम्म पुग्ने पदमार्गको गुरुयोजना बनाइएको हो ।

बागलुङको घोडाबाँधेदेखि ताराखोला, डुडेलेक, सोलेडाँडा, बयलधुरी, मालिका, नौदले हँदै गुर्जाघाटबाट ढोरपाटन जान झण्डै सात दिन यात्रा गर्न सकिने पदमार्गको रेखाङ्कन भएको हो । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले चालू वर्षको कार्यक्रममा यो पदमार्गलाई गुरुयोजनामा सूचीकृत गरेको छ । तमानखोलाले चालू वर्ष यो पदमार्गको डिपिआर बनाउन बजेट विनियोजन गरेको अध्यक्ष जोकलाल बुढाले बताए ।

दुई वर्षअघि सम्भाव्यता अध्ययन भइसकेकाले आन्तरिक पर्यटकले पटकपटक गरी यात्रा गरिसकेका छन् । गाईवस्तु चराउने पुराना बाटालाई मर्मत गरेर ढोरपाटनसम्म पुग्ने पदमार्ग बनाइने बुढाले बताए । अप्ठ्यारो बाटोमै यात्री हिँडिसकेका छन् ।

ताराखोला गाउँपालिकाको ठूलो हिलेस्थित होमस्टे बसेपछि एक दिनको पैदल यात्रामा तमानखोलाको सोलेडाँडा पुगिन्छ । तर सहज यात्राका लागि सोले नपुग्दै डँडेलेकमा एउटा बसाइ बसाल्न ताराखोलाले तयारी गरेको अध्यक्ष प्रकाश घर्तीले बताए ।

यो लेक दुई पालिकाको सिमाना हो । सोलेदेखि ढोरपाटनतर्फको खण्डमा दुईवटा बसाइ तमानखोलाले बनाउने बुढा बताउछन् । बास बस्ने स्थल र रेष्टुरेन्टको व्यवस्थापन गर्न सकेमा आकर्षक र सहज पदयात्रा गर्न सकिने लेकाली पदयात्रा गरिसकेका पदयात्री आरके अदीप्त गिरीले बताए ।

दुई वर्षअघि ट्रेकिङ एजेन्सी एसोसिएशन (टान)ले नेपाल पर्यटन बोर्ड र तमानखोला गाउँपालिकाको सहकार्यमा पदमार्गको रुट तय गरेको हो । गाउँपालिकालाई फेरो पार्ने गरी तय गरिएको झण्डै ४० किमी लामो पदमार्गमा ठूलो हिलेदेखि सोलेको दूरी जोड्दा झण्डै ६० किमी बन्ने बुढाले बताए ।

पदमार्गका लागि दुईवटा बाटो तय गरिएको छ । ताराखोलाको ठूलोहिलेदेखि एउटा र बुर्तिवाङ हुँदै तमानखोलाको बुङ्गादोभानबाट अर्को पदयात्रा गर्न सकिन्छ । “जोखिम मोलेर गाडी चलाउने र करोडौँ खर्चेर पहिरो निम्त्याउनुभन्दा पदमार्गमार्फत पर्यटक भित्र्याउने योजना बनाएका हौँ”, बुढाले भने ।

पदमार्ग सञ्चालन हुँदा बागलुङ, म्याग्दी, गुल्मी, प्यूठान, रोल्पा र रुकुममा धेरै पर्यटक त्यहाँ पुग्न सक्ने उनले बताए ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १७:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकमकोतमा पर्यटकीय पूर्वाधार थपिएसँगै चहलपहल बढेको छ । सडक यातायात, पदमार्ग, कोतघर र

चितवन । चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन

जुम्ला । आन्तरिक तथा बाह्य पर्यटनको रोजाइमा परेको मुगुस्थित रारा ताल जाने नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा पर्यटकलाई सास्ती भएको छ

काठमाडौं । सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०