काठमाडौं । रुसमा जेलमा रहेका विपक्षी दलका नेता एलेक्सी नाभेल्नीले एकपटक फेरि राष्ट्रपति भलादिमिर पुटिनको चर्को आलोचना गरेका छन् । उनलाई गत वर्ष रुसमा बिष दिइएको थियो ।
मंगलवार रुसको अदालतले उनलाई ढाई वर्ष जेलको सजाय सुनाएको छ । तर सजाय सुनाउनु भन्दा ठिक पहिले उनले कोर्टमा पुटिनविरुद्ध विभिन्न तर्क राखेका थिए ।
उनले कोर्टमा पुटिन अण्डरप्यान्ट बिष दिने व्यक्ति भएको बताए ।
पुटिनले उनलाई लाखौँ मानिसलाई डराउन सकियोस् भनेर जेलमा राखेको बताएका छन् ।
२०१४ मा उनलाई कोर्टले साढे तीन वर्षको सस्पेण्डेड सजाय दिएको थियो ।