युथ अपर्चुनिटिजको कन्ट्री एड्भाइजरमा नेपाली युवा ‘तेज’

काठमाडौं । सन् २०१८मा विश्व युवा विकासको प्लेटफर्मका रुपमा परिचित अन्तर्राष्ट्रिय संस्था युथ अपर्चुनिटिजमा ‘कन्ट्री एम्बेसड’ अर्थात राष्ट्र राजदुतका रुपमा आवद्ध भएका एक नेपाली युवा तेज राज उप्रेती हालै सोही संस्थाबाट ‘कन्ट्री एड्भाइज’ अर्थात राष्ट्र सल्लाहकारमा नियुक्त भएका छन्।

उनले सन् २०१८ मा कन्ट्री एम्बेसडर र २०१९ मा ग्लोबल एम्बेसडरको भूमिका निभाएका थिए । त्यस लगत्तै २०२० मा दक्षिण एशियाको क्षेत्रीय संयोजकका रुपमा आफ्नो कार्यकाल पूरा गरेका थिए ।

विश्वभरका १२० देशका प्रतिनिधि र ७ जना क्षेत्रीय संयोजकहरु मघ्ये युथ अपर्चुनिटिजले केवल ३ जनालाई कन्ट्री एड्भाइजरको जिम्मेवारी दिएको छ ।

युवा विकास र कामको मूल्यांकन गर्दै युथ अपर्चुनिटिजले तेज राज उप्रेतीलाई कन्ट्री एड्भाइजर जस्तो महत्वपूर्ण पदमा नियुक्त गरेको हो ।

उनीसँगै घानाका युवा प्रतिनिधि पेट्रिक फिन र मङ्गोलियाकी जोल्जया चुलुनबाटरले कन्ट्री एड्भाइजरका रुपमा काम गर्ने मौका पाएका छन्।
विगत तीन वर्षदेखि युथ अपर्चुनिटिजमा आवद्ध भएर तेज राज उप्रेती सक्रिय रुपमा युवा विकास र युवाहरुलाई अवसरको पहुँच दिलाउन हरदम कार्यरत छन् ।

२०१८ मा युथ अपर्चुनिटिजमा आवद्ध भएपछि उनले आफ्नो राष्ट्रका युवाहरुको पहुँच विश्वभरका विभिन्न देशमा रहेका अवसरहरुसँग होस् भन्ने उद्देश्यका साथ एउटा नयाँ सोच बनाए।युथ अपर्चुनिटिज विश्वभरका विभिन्न देशहरुको एउटा साझा सञ्जाल थियो जसमा स्थानीय स्तरका अवसरहरु समेटिने सम्भावना न्युन थियो।त्यसैले नेपालका युवाहरुले देश भित्र रहेका अधिकतम् अवसरहरुको सूचना पाउन साह्रै कठिन हुन जान्थ्यो ।

सोही कुरालाई मध्यनजर गर्दै कन्ट्री एम्बेसडरका रुपमा कार्यरत उप्रेतीले २०१८मै नयाँ सोच लिएर युथ अपर्चुनिटिज नेपालको स्थापना गरे। अनलाईन प्लेटफर्मका रुपमा स्थापित भएकाले शुरुवाती दिनहरुमा उनलाई यसको बिस्तार र यसमा युवाहरुको सङ्गलनता बढाउन ठूलै सङ्घर्षहरु गर्नुपर्यो।तर उनको लक्ष्य नै युवाहरुलाई देश र विदेशमा रहेका अवसरहरुको पहुँच प्रदान गरेकै कारण उनले हार मानेनन्।

सोही सङ्घर्षको फलस्वरुप अहिले युथ अपर्चुनिटिज नेपालमा साँढे दुई वर्षमै लगभग एघार हजार चार सयभन्दा बढी सक्रिय युवाहरु आवद्ध भइसकेका छन्।

बेङ्गलोर युनिभर्सिटीबाट बिजनेस मेनेजमेन्टमा स्नातक तह उत्तीर्ण गरेपछि तेज स्नातकोत्तर अध्ययनका लागि सिम्बायोसिस अन्तर्राष्ट्रिय युनिभर्सिटीमा भर्ना भए । तर उनको लगाव राष्ट्र र राष्ट्रका युवाहरुको विकासमा थियो।जसका लागि उनी नेपाल फर्किए ।

युवा विकास र अवसरका क्षेत्रमा योगदान दिने हेतुले नै उनले विश्वकेै चर्चित इन्भेष्टमेन्ट बैंक नर्थर्न ट्रष्टमा फाइनान्सियल एनालिष्टको जागिर समेत त्यागे।स्वदेश फर्केपछि उनले युथ अपर्चुनिटिज नेपाल लगायत विभिन्न प्रोजेक्टहरुमा आवद्ध भएर काम गरे र विभिन्न अन्तराष्ट्रिय सम्मेलनहरुमा नेपालको प्रतिनिधित्व गरे।उनी स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा युवाहरुको सहभागिता र सशक्तिकरणका लागि कार्यहरु गरिरहेका छन्।राष्ट्रको सेवामा समर्पित हुनुपर्छ भन्ने भावका साथ उनले युवाको क्षेत्रबाट सक्रियता बढाएका छन्।उनको यहि समर्पण र मिहिनेतको फलस्वरुप सन् २०१९मा राष्ट्रिय युवा परिषद्ले उनलाई प्रदेश नं. ७ (हाल सुदूरपश्चिम प्रदेश) बाट युथ इन्सपिरेसन अवार्डबाट सम्मान गर्यो।

सुदूरपश्चिमको केन्द्र धनगढी उत्तरबेहडीका युवा तेज राज उप्रेती हाल २०२१ का लागि युथ अपर्चुनिटिजको कन्ट्री एड्भाइजरको पदमा कार्यरत छन्।उनी युवाहरुको विकास र स्थानीय युवाहरुले पनि विश्वभरका अवसरहरुको पहुँच प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्दछन्। मोटिभेस्नल स्पिकरका रुपमा आफूलाई विकास गर्दै देशका युवाहरुलाई उत्प्रेरित गरिरहेका छन्। अवसरहरुलाई सुव्यवस्थापन गर्दै युवाहरुको पहुँचमा लागि परेकै कारण उनलाई ‘दि अपर्चुनिटि म्यान’को संज्ञा दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?