२८ जेष्ठ २०८०, आईतवार

तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

२०७७,माघ,२१,बुधबार १५:५४

0
Shares

काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले राजधानिको तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ ।

बुधवार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तिनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् ।

उक्त क्यूआर कोड सेवा शुरु भएसँगै हरित कृषि बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गर्भनर अधिकारीले कृषि बजारमा माछापुच्छ्रे बैंकले शुरु गरेको क्यूआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको शुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने हुदाँ भविष्यमा आफ्नो व्यापार व्यवसायको बृद्धिको ऋण लिन व्यवसायीलाई सहज हुने कुरा बताए ।

साथै उनले नेपाल राष्ट्र बैंक डिजिटल कारोबारलाई अझ प्रभावकारी बनाउन थप कार्यक्रमहरु ल्याउने योजनामा रहेको समेत जानकारी गराए ।

उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले तरकारी तथा फलफुल बजारमा शुरु गरिएको क्यूआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरि सोही कार्यक्रममा बोल्दै हरित कृषि सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत कोमल बरालले माछापुच्छ्रे बैंकले शुरु गरेको क्यूआर कोड सेवाले तरकारी तथा फलफुल व्यवसायी तथा उपभोक्तालाई डिजिटल बैंकिङ्गको पुहुच पुर्याउने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले तरकारी किनेर क्यूआर कोड मार्फत उक्त तरकारीको रकम भुक्तानी गरि क्युआर कोड सेवाको शुभारम्भ गरेका थिए ।

सो बजारमा रहेका कुल १५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १५:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता धितोपत्र बजार बिगतको तुलनामा धेरैहदसम्म सुखद देखिएको छ । अर्थमन्त्रालय अन्र्तगतको राजश्व महाशाखाले सेयर

काठमाडौं । मुलुकको अर्थतन्त्र कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिती

काठमाडौं । देशभर उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहकाबीच काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत

काठमाडौं । एन आई सी एशिया क्यापिटलले “आईडिया टु आईपिओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आपिओ

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०