पाकिस्तानमा चार जनाको हत्या, तीन जना थिए टिकटक स्टार

काठमाडौं । पाकिस्तानको कराँची शहरमा मंगलवार चार जनालाई कारमा गोली हानेर हत्या गरिएको छ । मृतकका तीन जना पुरुष र एक जना महिला रहेका छन् ।

चार मध्ये तीन जना टिकटक स्टार रहेको बताइएको छ । उनहिरु चारै जना एउटै कारमा रहेको बताइएको छ ।उनीहरुको कारको पछि लागेकाले उनीहरुमाथि गोली चलाएको बताइएको छ । पुलिसले यस घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

मुस्कान शेखको तत्काल मृत्यु भएको थियो । उनका तीन जना साथीहरुको भने अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?