श्रीमतीलाई घरनिकाला गरेर तीन छोरीमाथि यौनशोषण गर्ने बाबुको विभत्स हत्या कसरी भयो ?

नातिनीदेखि हजुरआमासम्म, बलात्कारदेखि बेचबिखनमा पर्छन्

तीन दिदीबहिनीले आफ्नै पिताको हत्या गरे भन्ने खबरले सारा रुसमा सनसनी फैलियो । आफ्नो पिताको हत्या हुँदा एन्जेलिना १८, मारिया १७ र क्रिस्टिना १९ वर्षका थिए ।

यो घटना २७ जुलाई २०१८ को हो । मिखाइल खैचतूरयान नामक एक व्यक्तिको आफ्नै घरमा चक्कु र हतौडा प्रहारबाट नराम्रोसँग घाइते भएपश्चात् मृत्यु भएको थियो । पुलिसले हत्याको अभियोगमा उनैका तीन छोरी एन्जेलिना, मारिया र क्रिस्टिनालाई गिरफ्तार ग-यो । जब उनीहरुलाई आफ्नै बाबुको हत्या गर्नुको कारणका बारेमा सोधपुछ गरियो त्यसवेला उनीहरुले दिएको बयानले रुसलाई मात्र होइन सम्पूर्ण विश्वलाई नै स्तब्ध बनायो ।

कसरी गरे हत्या ?

२७ जुलाई २०१८ को एक साँझ ५७ वर्षीय मिखाइल खैचतूरयानले एन्जेलिना, मारिया र क्रिस्टिना तीनै जनालाई पालैपालो आफ्नो कोठामा बोलाए र राम्रोसँग भूईँ सफा नगरेको भन्दै गाली गर्दै मुखमा खुर्सानीको धुलो छर्किदिए ।

केही समयपछि मिखाइल निदाए । त्यही मौका छोपी यी दिदीबहिनीले उनीमाथि चक्कु, हतौडा, खुर्सानीको धुलो प्रहार गरे । उनीहरुले मिखाइलको टाउको, घाँटी र छातीमाथि हमला गरे । उनको शरीरमा ३० पटकभन्दा बढी चक्कुले प्रहार गरेको छाप पाइएको थियो ।

त्यसपछि, यी दिदीबहिनीले आफै पुलिसलाई फोन गरे र पुलिसले उनीहरुलाई घटनास्थलबाटै पक्राउ ग-यो ।

श्रीमतीलाई घरनिकाला गरी छोरीहरुलाई गुलाम बनाएको

पुलिसले जब आफ्नो अनुसन्धान शुरु ग¥यो तब मिखाइलले आफ्नो परिवारसँग गर्दै आएको क्रुरताको पर्दाफास भयो । विगत ३ वर्षदेखि मिखाइलले आफ्ना छोरीहरुलाई निर्मम तरिकाले पिट्ने गरेका थिए, कैदीजस्तो गरी राख्थे र यौन शोषणसमेत गर्दै आएका थिए ।

अनुसन्धानकै क्रममा यो थाहा भयो कि मिखाइलसँग एउटा घण्ट थियो जसलाई उनी जति वेला मनलाग्यो त्यतिवेला बजाउँथे र त्यो सुनेपछि छोरीहरु हाजिर हुनुपथ्र्यो । त्यसपछि आफूलाई जे मन लाग्यो त्यही गर्ने आदेश दिन्थे उनले र छोरीहरुले त्यो मान्नुपथ्र्याे ।

यही क्रममा पुलिसले मिखाइलकी पत्नीसँग पनि सोधपुछ ग-यो जसलाई उनले सन् २०१५ मै घरबाट निकालिदिएका थिए । उनको बयानबाट यो खुल्यो कि मिखाइलले आफ्नी श्रीमतीलाई पनि शारीरिक र मानसिक यातना दिने गर्दथे । तर, उनको खिलाफ मुद्दा दायर गर्ने हिम्मत श्रीमतीलाई आएन किनकी उनको पहुँच उच्च स्तरसम्म थियो । मिखाइलका खिलाफ यही कुराहरुलाई अदालतमा प्रमाणका रुपमा पेश गरियो ।

यस घटनाले सारा रुसवासीहरुलाई सडकसम्म तान्यो । खैचतूरयान दिदीबहिनीहरुका लागि न्याय माग्दै उनीहरुले प्रदर्शन गरे । मानव अधिकारकर्मीहरुले समेत यी दिदीबहिनीलाई अपराधी भन्दा पनि पीडितका रुपमा हेरेर रिहा गर्नुपर्ने माग राखे । यद्यपि, अझै पनि यस विषयमा मान्छेहरुको मत बाझिएको छ । कसैले यस हत्यालाई आत्मरक्षामा उठाइएको कदमका रुपमा लिएका छन् भने कसैले यसलाई योजनावद्ध अपराधको संज्ञा दिएका छन् ।

जे होस् यो घटनाले के प्रष्ट्याएको छ भने छोरीहरु आफ्नै घरमा असुरक्षित हुने कुरा कुनै एउटा देशको मात्र होइन सिंगो संसारको समस्या बनेको छ । जसको संरक्षण पाउनुपर्ने हो उहीबाट खतरा भएपछि आखिर महिलाले कसको भरोसा गर्ने ? नेपालमा पनि हाडनाताबाट बलात्कृत हुने, शोषणमा पर्ने महिलाको सङ्ख्या बढ्दो छ । केही प्रतिनिधि घटनाहरुः

बाबुद्वारा ७ वर्षीया छोरी बलात्कृतः वि.सं २०७७ भाद्र १७ गते बुधवारका दिन काठमाडौंको शंखमुलमा आफ्नै बाबुले ७ वर्षीया छोरीको बलात्कार गरेको खबर बाहिरियो । अनुसन्धानका क्रममा ४० वर्षीय बाबुले विगत ७ महिनादेखि आफ्नी छोरीको बलात्कार गरिरहेको कुरा थाहा भयो ।

११ वर्षीया बालिका आफ्नै काकाद्वारा बलात्कृतः बागलुङमा ११ वर्र्षीया बालिका आफ्नै काकाद्वारा बलात्कृत भइन् । ६१ वर्र्षीय चन्द्रबहादुर सुनार बलात्कारपछि फरार भएका थिए । वि.सं २०७६ भदौ १५ गते तीजको दिन सुनारले बालिकालाई बलात्कार गरेका थिए । घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर आएको थियो ।

पीडित पक्षले उजुरी दिन नचाहनुको एउटा कारण उनीहरुको आर्थिक अवस्था कमजोर थियो । पीडितकै घरमा पुगेर प्रहरीले पीडित परिवारलाई सदरमुकामसम्म ल्याएदेखि घर पु¥याउनेसम्मको खर्चको जिम्मेवारी लिएपछि मात्र उनीहरु उजुरी दिन तयार भएका थिए ।

घरायसी विवादका क्रममा श्रीमतीको हत्याः सामान्य घरायसी विवादका क्रममा खोटाङका सिताराम राईले खुकुरी प्रहार गरी श्रीमती देविका राईको हत्या गरेका थिए । टाउकोमा गम्भीर चोट लागेकी देविकाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

आफ्नै श्रीमानद्वारा एसिड आक्रमणः

मितिः २०७७ ०७ २९, लक्ष्मी पूजाको दिन ।
स्थानः जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर ।

आरती साहका श्रीमान् सञ्जीव साह ससूराली पुगे र श्रीमतीलाई एसिड छ्यापे । नजिकै बसेकी ३ वर्षीया छोरी रियालाई पनि एसिडको बाछिटाले भेट्यो । श्रीमतीलाई एसिड छ्याप्नासाथ सञ्जीव फरार भए । घाइते आमा छोरीलाई जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल पु¥याइयो । पछि अस्पतालले उनीहरुलाई कीर्तिपुर अस्पतालमा रेफर गरिदियो । एसिड प्रहारले आरतीको अनुहार, छाती, पेटलगायत शरीरको २० प्रतिशत भाग जलेको थियो भने रियाको टाउको र बायाँ हात जलेको थियो ।

कहिले प्रेमप्रस्ताव स्वीकार नगरेको भएर एसिडको रापमा जल्नुपर्ने त कहिले आफ्नै पिता वा पतिद्वारा बलात्कृत हुनुपर्ने, कहिले आफ्नै काका र मामाको यौनदुराचारिताको शिकार हुनुपर्ने त कहिले आफ्नै परिवार मानेर भित्रिएको घरको लोभ पूरा गर्न नसकेर आगोमा सल्कनुपर्ने । नेपालका महिलाको नियतिमा अझै पनि परिवर्तन आउन सकेको छैन । तर, महिला सुरक्षाकै कुरा गर्ने हो भने नेपाल एकमात्र देश होइन जहाँ अझै पनि महिलाले महिला भएर जन्मिएकोमा त्रसित भएर बाँच्नुपर्छ । माथि उल्लेखित रुसको घटनाले पनि यो कुरालाई प्रमाणित गर्दछ ।

महिलाका लागि सबैभन्दा असुरक्षित मुलुक कुन ?

लण्डनको थम्पसन रोयटर्स फाउन्डेशनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार महिला सबैभन्दा असुरक्षित हुने देशको पहिलो सूचीमा भारत रहेको छ । त्यसपछि क्रमश अफगास्तिान, सिरिया, सोमलिया, साउदी अरबिया, पाकिस्तान, द डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, यमन, नाइजेरिया र दसौं स्थानमा अमेरिका रहेको छ । फाउन्डेशनका विशेषज्ञहरुको सर्वेक्षणले विश्वभरका महिलाका यौन हिंसा, उत्पीडन र यौन सम्बन्धको खतरामा आधारित भएर यो प्रतिवेदन तयार पारेको थियो ।

किन छैनन् यी देश महिलाको लागि सुरक्षित ?

भारत

संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश दाबी गर्ने भारतमा सामूहिक बलात्कार र हत्याका घटनाहरु भइरहन्छन् । यसर्थ भारतलाई महिला सुरक्षाको दृष्टिकोणले सबैभन्दा खतरनाक देशका रुपमा लिने गरिन्छ । भारतमा महिलाको सामूहिक बलात्कारदेखि लिएर बालविवाह र मानव तस्करीसम्म हुन्छ । यी अपराधबाहेक भारतमा ३० वर्षको अवधिमा ५० लाखभन्दा बढी महिलाहरुको भ्रुण हत्या भएको तथ्याङ्कले पनि यस देशलाई महिलाको लागि असुरक्षित सावित गरेको हुनसक्छ ।

अफगानिस्तान

अफगानिस्तान मुस्लिम राष्ट्र हो । अफगानिस्तानका महिलामाथि सबैभन्दा बढी अत्याचार हुने गरेको बताइन्छ । यसको मूख्य कारण हो, अशिक्षा । त्यहाँका ८७ प्रतिशत महिला अशिक्षित छन् र ७० देखि ८० प्रतिशत महिलाको जबरजस्ती विवाह गराइन्छ । १५ वर्षको कलिलो उमेरमै महिलाहरुलाई विवाहका लागि बाध्य बनाइन्छ र अशिक्षित भएका कारण उनीहरु सजिलै घरेलु हिंसाको शिकार बन्न पुग्छन् । गर्भधारणका क्रममा हजारमा ४ महिलाको ज्यान जान्छ । अफगानिस्तानमा घरेलु हिंसाका घटना पनि व्यापाक हुने गरेको छ ।

सिरिया

२० औं शताब्दीबाट सिरियाका महिलाहरुलाई शिक्षाको अधिकार दिइएको भएतापनि त्यहाँ महिला हिंसा भने अन्त्य भएको छैन । आइएसको आतंक अघि पनि यस देशमा महिलाको अवस्था खराब थियो । यहाँका १४ प्रतिशत महिलाले मात्रै काम गर्ने गरेका छन् । महिलाले कति पढ्ने भन्ने सम्मको नियम आइएसले बनाएको हुन्छ । विश्वको खतरनाक आतंककारी समुहमध्ये पहिलो नम्बरमा पर्ने आइएसको नियमअनुसार सिरियामा छोरी मान्छेको पढाई ६ वर्षमा शुरु भएर १८ वर्षमा सकिन्छ ।

सोमालिया

अफ्रिका महादेशमा पर्ने सोमालियाको कानून व्यवस्था कमजोर भएका कारण पनि महिलाहरु पिछडिएको पाइन्छ । त्यहाँँ ४ देखि ११ वर्षका बालिकाको तस्करी गरिन्छ । त्यहाँका धेरै महिला, बालविवाह र यौन शोषणको पनि शिकार हुने गरेका छन् । गर्भावस्थाका क्रममा हुने मृत्यु, बलात्कार, महिलाहरुको यातना र जबरजस्ती विवाह सोमालियाका महिलाहरुका लागि ठूलै समस्या हुन् । त्यहाँ ९ प्रतिशत आमाले मात्रै चिकित्सकको सहयोगमा सन्तान जन्माउने गर्दछन् ।

साउदी अरेयिबा

साउदी अरेबिया मुस्लिम देश भएकाले पनि त्यहाँका महिलाहरुलाई बाँच्नको लागि त्यति सजिलो छैन । साउदी अरबियाका महिलाहरुले आफ्नो अनुहार बुर्काले छोपेर हिँड्नुपर्छ । उनीहरु बलात्कार, घरेलु हिंसा, यौन शोषण र मानव तस्करीसम्मको शिकार हुने गरेका छन् ।

पाकिस्तान

पाकिस्तानमा परम्परागत रीतिरिवाजहरुलाई अत्याधिक प्राथमिकता दिइने भएकाले महिलाका लागि यो देश निकै कडा छ । पाकिस्तानको मानवअधिकार आयोगका अनुसार हरेक वर्ष करिब १ हजार महिला र बच्चाले राम्रो उपचार नपाएर ज्यान गुमाउन परिरहेको छ । ९० प्रतिशत महिलाहरु घरेलु हिंसाको शिकार हुने गरेका छन् ।

द डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

यो देशमा पुरुष र महिलाबीच अत्यन्तै भेदभाव गर्ने चलन छ । त्यसैले महिलामाथि हुने अत्याचारलाई यहाँ सामान्य मानिन्छ किनकी सबैजसो घरमा महिलाहरु हिंसाको शिकार भएकै हुन्छन् । अमेरिकी जनस्वास्थ्य पत्रिकाका अनुसार कङ्गोमा हरेक दिन १ हजार १ सय ५० महिला बलात्कार र यौन दुव्र्यवहारको शिकार बन्छन् । संसारभरमा यौनसँग सम्बन्धित हिंसामा कंगो सबैभन्दा अगाडि छ । महिलाहरुको स्वास्थ्य स्थिति पनि निकै खराब छ ।

यमन

यमन पुरुष प्रधान देश भएकाले पनि अझै महिला र पुरुषबीचको भेदभाव कायमै छ । करिब तीन लाख भन्दा बढी महिलाहरुको स्वास्थ्य अवस्था एकदमै नाजुक रहेको पाइएको छ । एक लाख गर्भवती महिलाले राम्रो खानेकुरा खान नपाएको अवस्था छ । यमनमा बढी युद्ध हुने भएकाले पनि महिला बलात्कार र यौन दुव्र्यवहारको शिकार बन्न पुगेका हुन् । त्यहाँ पुरुषले खाना नखाइकन अझै महिलाले खाने गरेका छैनन् ।

नाइजेरिया

नाइजेरियामा धेरै मानिसहरु गरिबीको रेखामुनि भएकाले पनि त्यहाँका महिलाहरुमा यौन दुव्र्यवहारको उच्च जोखिम रहेको छ । अभिभावकबाट कम हेरविचार र बढी शोषण हुने गरेको छ । असुरक्षित गर्भपतन, बाल विवाह, यौन शिक्षाको कमी, कम हेरविचारका कारणले पनि महिलाहरुको बढी मृत्यु हुने गरेको छ ।

अमेरिका

अमेरिकामा पनि पछिल्लो समय महिला सामूहिक बलात्कार देखि यौन हिंसाको शिकार हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?