१४ जेष्ठ २०८०, आईतवार

सिन्धुलीमा ७ मतदानस्थल थप्न सिफारिस

२०७७,माघ,२१,बुधबार १४:०८

0
Shares

सिन्धुली । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले, निर्वाचन आयोगसमक्ष सात मतदानस्थल थप्न सिफारिस गरेको छ । मतदान गर्न अपायक परेका क्षेत्रका मतदातालाई पायक पार्ने गरी मतदानस्थल थप गर्न सिफारिस गरिएको हो ।

कार्यालयका निर्वाचन अधिकारी खिलबहादुर दर्लामीले तीनपाटन गाउँपालिका–३ जोगे, ४ को सालुके र ९ को सिम्लेमा मतदानस्थल थप्न सिफारिश भएको हो । कमलामाई नगरपालिका–११ फालचुरी, १२ को टन्सार र कुण्डेश्वरीमा र गोलन्जोर गाउँपालिकाको नाकाजोलिमा मतदानस्थल थप्न भनिएको छ । नागरिकले धेरै टाढा, घण्टौँसम्म पैदल हिँडेर मतदान गर्दै आएको र भूगोल र मतदाताको सङ्ख्याका आधारमा मतदानस्थल थप गर्न जिल्लामा भएको सहमतिका आधारमा आयोगलाई सिफारिस गरिएको उनको भनाइ छ ।

निर्वाचन कार्यालयले वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि केन्द्रको तयारी अनुसार नै कार्यक्रम र गतिविधि सञ्चालन गर्दै आएको छ । आयोगमा कार्यालयले कार्यतालिकाअनुसार मतदाताको नामावली अद्यावधिक गर्नसमेत पठाएको जानकारी दिए । २०७४ सालमा एक लाख ८१ हजार ५२६ मतदाता रहेका थिए । कार्यालमा पुस ५ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा समावेश भएका एक लाख ९२ हजार ३९५ जनाको फोटोसहितको नामावली निर्वाचन आयोगमा पठाइएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १४:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता ढुंगानालाई नियुक्त गर्ने लगायतका निर्णयहरु गरेको छ । आज प्रधानमन्त्री कार्यालय

युवराज पाण्डे- नेपालगञ्ज । कुनै जमाना थियो, पहाडी जिल्लामा सङ्कलन भएका जडीबुटी लामो समय लगाएर डोकोमा बोकी नेपालगञ्ज ल्याइन्थ्यो ।

काठमाडौं । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

ताजा समाचार

जडीबुटीको ७५ प्रतिशत बजार भारतमा
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०