हेनुृहोस् २०७७ साल माघ २२ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल माघ २२ गते । बिहीवार । इ.स.२०२१ फेब्रुवरी ०४ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ कृष्णपक्ष । तिथी–सप्तमी,१३ बजेर ४३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–स्वाती,२१ बजेर ४४ मिनेट उप्रान्त विशाखा । योग–गंड,२३ बजेर ५५ मिनेट उप्रान्त वृद्धि । करण–बव,१३ बजेर ४३ मिनेट उप्रान्त बालव,२४ बजेर ३२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेटमा,सूर्यास्त १७ बजेर ४५ मिनेटमा । दिनमान २७ घडी १६ पला । विश्व क्यान्सर दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार बिस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाई लेखाईमा प्रगती हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

कार्यक्षेत्रमा सजक हुनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा मन कमजोर भएको अनुभूति हुनेछ । विद्या तथा प्रतिष्पर्धामा अरु नै हाबी हुनेछन् । माया प्रेममा नजिक हुन केही समय लाग्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । मामा तथा मावली पक्षसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययनमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धीत पेशा व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईले गरेको पेशा व्यवसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनोल आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि आजको दिन उत्तम रहेको छ । वौद्धिक कार्यक्रममा सहभागि भई आफ्नो प्रश्तुती प्रश्तुत गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यवसायमा मन्दी आएपनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । प्रेममा आजको दिन नजिक नहुँदा नै राम्रो हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

काम गर्दा ध्यान दिनुहोला एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने अवस्था आउन सक्छ । आर्थिक क्रियाकलाप तथा व्यापारमा मन्दी आउन सक्छ । बन्धुबान्धव तथा दाजुभाईसँग बिवाद हुनेछ । उत्पादनमूखि व्यवसाय तथा मेसिनरी सामानको व्यापारमा कमी आउनेछ । विवाद तथा हुलमुलमा सामेल नहुनुहोला । अध्ययनमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो०

धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिईएका रुपैया पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धी मुलक काम गर्न सकिनेछ । बोलिकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानीको अवसर आउनेछ । ईमान्दारिता र मिहेनतले आत्म विश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यतित गर्न पाउँदा मन हर्षित हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्यक्तिको विस्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तर पनि विदेशी सामानको व्यापार तथा विदेशी सस्थामा काम गर्नेहरुको लागि समय उत्तम रहेको छ । अध्ययन तथा कामको लागी छोटो दूरीको यात्रा गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पैत्रिक धन तथा सम्पत्ती को प्रयाग तथा परिचालन मार्फत् मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी हुनेहरुका लागि कारोबारमा सुधार हुनेछ । विद्यार्थीहरुका लागि समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट व्यहोर्नु पर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरुले दुःख दिन सक्छन् । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेको छ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुस हुनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ । तर पनि व्यापारमा लगानी गरि आम्दानी बढाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सामाजिक तथा धार्मिक काममा अभिरुची बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाई लेखाईको सवालमा शिलशिलामा लामो दूरीको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सोनो प्रयत्नले ठुला उपलब्धी हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मान जनक उपस्थिती रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

संकट व्यवस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाँकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?