२८ जेष्ठ २०८०, आईतवार

डब्ल्यूएचओको विज्ञहरुको टिम चीनको वुहानमा, प्रयोगशालाको निरीक्षण गर्ने

२०७७,माघ,२१,बुधबार १४:०१

0
Shares

काठमाडौं । कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तयार पारेको टिम चीनको वुहान शहर पुगेको छ । उनीहरुलाई चीन प्रवेश गर्न चीन सरकारले यसअघि रोक लगाएको थियो । चीनको वुहान सहरलाई कोरोना भाइरस कोभिड-१९ को उद्गमस्थल मानिएको छ । सो स्थानको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका विज्ञहरुको समूह बुधवार त्यहाँ पुगेको हो ।

चीनको वुहानमा पुगेको सो समूहले बुधवार त्यहाँ रहेको कोरोना भाइरससम्बन्धी प्रयोगशालाको निरीक्षण पनि गरेको छ । लामो समयको छलफलपछि चीनले डब्ल्यूएचओलाई कोरोनाको उद्गमस्थल मानिएको वुहानमा अनुसन्धान तथा अध्ययनका लागि अनुमति दिएको थियो । वुहानमा अध्ययनका लागि डब्ल्यूएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञलाई चीन पठाउने निर्णय सो संगठनले हालैमात्र गरेको थियो ।

गएको महिना जनवरी २०२१ देखि अध्ययन शुरु हुने घोषणा गरिएको थियो । चीनले विश्व स्वास्थ्य संगठनका प्रतिनिधिलाई वुहान जाने अनुमति नदिएपछि हालैमात्र उनीहरु त्यहाँ पुगेका छन् । सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण यतिखेरसम्म विश्वभर नै फैलिएको छ । अझ पछिल्ला दिनहरुमा त यसको नयाँ प्रजातिको पनि सङ्क्रमण शुरु भएको बताइएको छ ।

कोरोना भाइरसको महामारी अझै पनि घट्ने अवस्था देखिएको छैन । विश्वमा दश करोडभन्दा बढी नागरिक संक्रमित भइसकेका छन् । त्यसैगरी यसबाट करिब २२ लाख मानिसको ज्यान गएको छ । विश्वमा खोपको विकास भएको छ र कैयौँ देशमा खोप दिने क्रम पनि शुरु भएको छ । तर पनि यति बेला सम्म पनि कोरोना भाइरसको समस्या घटेको देखिएको छैन ।

विश्व स्वास्थ्य संगठनका विज्ञहरुको समूह चीनको वुहानमा रहेको इन्स्टिच्युट अफ भाइरोलोजीमा पुगेर कोरोना भाइरसको उत्पत्ति र यसको विस्तार हुनुका कारणहरुको बारेमा खोजी रहेको बताइएको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १४:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको

काठमाडौं । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँएका छन्

काठमाडौं । कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन्

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०