११ राष्ट्र जहाँ अनौठो तरिकाले दर्साइन्छ प्रेम, नेपालमा हराउँदै मौलिक शैली

काठमाडौं । हरेकले प्रेमलाई आफ्नै तरिकाले परिभाषित गर्दछन् । प्रत्येकको प्रेमप्रतिको दृष्टिकोण छुट्टाछुट्टै हुन्छ । कोही आफ्नो मान्छेले सुन्दर फूलहरुको गुच्छा दिँदैमा दंग पर्छन् भने कसैलाई हिमालको सेरोफेरोमा आफ्नो प्रिय मान्छेसँग बिताएको पल अमूल्य लाग्न सक्छ । कसैका लागि भने चिसो बियर पिउँदै ओपन जीपमा आफ्नो प्रिय मान्छेसँग घुम्न निस्किनु नै पर्फेक्ट ‘डेट’ हो ।

मानिसको व्यक्तिगत रोजाइ र चाहनाहरु भन्दा माथि उठेर हेर्दा विश्वमा यस्ता धेरै राष्ट्रहरु छन् जसका अधिकांश व्यक्तिहरु रोमान्टिक छन् । जहाँ मायाप्रेमलाई अत्यन्तै ‘सेलिब्रेट’ गरिन्छ ।

यस्ता ११ राष्ट्रका नामहरु आज हामीले समेटेका छौं ।

भियतनाम

भियतनामवासीहरु कविता लेख्न र पढ्न रुचाउँछन् । अनि, स्कूटरमा आफ्नो प्रिय मान्छेसँग घुम्न पनि ।

 

आयरल्याण्ड

यो देश यस सूचीमा पर्नुको कारण यही हो कि आइरिसहरु मानिसलाई आफ्नो चार्मले मख्ख पार्न खुब सिपालु हुन्छन् ।

स्वीडेन

यस देशका मानिसहरुको हतियार उनीहरुको मधुर मुस्कान वा साहसी इतिहास नभएर घरेलु कामप्रतिको उनीहरुको चासो हो । एक अनुसन्धानका अनुसार स्वीडेनका पुरुषहरु यूरोपकै सबैभन्दा असल पतिहरु हुन् किनकी उनीहरुले आफ्नी पत्नीलाई घरको काममा सघाउँछन् र उनीहरुको ख्याल पनि राख्छन् । यस किसिमको व्यवहारलाई पनि महिलाहरुले ‘रोमान्टिक’ मान्ने गरे ।

अमेरिका

अमेरिकनहरु मायाप्रेमलाई लिएर निकै उदार सोचाइ राख्छन् । उनीहरु स्वतन्त्र रुपमा आफ्नो माया गर्ने मान्छेसँग घुम्छन्, अँगालो मार्छन्, चुम्बन गर्छन् । फिल्म हेर्ने, बाहिर सँगै खाना खान जाने आदिजस्ता सामान्य क्रियाकलापमा पनि उनीहरुले माया दर्शाइरहेका हुन्छन् ।

लेबनान

लेबनानीहरु मध्यपूर्व भागका अन्य देशका नागरिक भन्दा भिन्न हुन्छन् । मिलेको बनोट र हँसिलो मुहारले उनीहरु जोकोहीलाई आफूतिर आकर्षित गर्न सक्छन् ।

ब्राजिल

ब्राजिलियनहरु उदार, रमाइलो, हसिलो स्वभावका हुन्छन् । कहिलेकाहीँ उनीहरुलाई हेर्दा लाग्छ कि उनीहरु मायामा पर्ने र फुटबल हेर्ने वाहेक दिनभरि कुनै काम नै गर्दैनन् होला ।

फ्रान्स

पेरिसलाई प्रेमीहरुको शहर भनिन्छ भने फ्रेन्चलाई मायाको भाषा । यो देवत्वकरण होइन । किनकी फ्रान्सका मान्छे, रहनसहन, संस्कृति, चित्रकला, संरचना, संगीत, खाना, सिनेमा आदिले यहाँ छुट्टै रोमान्टिक वातावरण सिर्जना गरिदिन्छ कि कोही यसबाट अलग हुनै सक्दैन ।

इटाली

इटालियनहरुका लागि रोमान्टिक मुड निकै प्राकृतिक कुरा हो । यस देशको खाना, वाइन र व्यापक सांस्कृतिक सम्पदाको संयोजनले त्यस मुडमा थप सघाउ पु-याएको हुन्छ ।

अर्जेन्टिना

यस देशको नृत्यले पनि यहाँका मानिसलाई रोमान्टिक बनाएको हुन्छ । इटाली र स्पेन दुई देशका प्रवासीहरु मिलेर स्थापना गरेको ‘ट्यांगो’ नामक डान्स विश्वकै कामुक नृत्यमध्ये एक हो ।

स्पेन

यूरोपका सबैभन्दा सुन्दर, रोमान्टिक मानिसहरु हुने देश हो इटाली, फ्रान्स र स्पेन । तर, फ्लेमेन्को नृत्यको उद्गमस्थल स्पेन भएकाले यस सूचीको सबैभन्दा पहिलो नम्बरमा पर्दछ स्पेन । यहाँको खाना, संस्कृति, भाषा, प्रकृति, चालढाल आदिले पनि मुडलाई रोमान्टिक बनाइदिन्छ ।

***

नेपाल

मायाप्रेमलाई भिन्न तरिकाले व्यक्त गर्ने कुरा चलिरहँदा नेपालको ‘प्रेम’ संस्कृतिलाई पनि जोड्नैपर्ने हुन्छ । अहिले यस संस्कृतिमा पश्चिमी संस्कृतिको प्रभाव परेको भएतापनि प्रेम दर्साउने हाम्रा मौलिक शैलीहरु निकै रोमाञ्चक छन् ।

यहाँ रोधीघरको गीतसंगीतमा प्रेमकहानीहरु बुनिन्छन् । मेलापर्म, बजार, गोठालो, वनभोज, रत्यौली, पँधेरोमा माया साटिन्छन् । तर, लुकिछिपी मात्र ।

खुलेआम प्रेमलाई स्वीकार्न लजाउनुपर्ने, हिच्किचाउनुपर्ने सिकाउँछ नेपाली संस्कृतिले । विवाहअघि प्रेम सम्बन्ध हुनु नै पनि गलत जस्तो मानिने नेपाली समाजमा अहिले भने केही आधुनिकता भित्रिएको छ । विवाहअघि एकअर्कालाई राम्रोसँग चिनेर, एकअर्कासँग समय बिताएर, घुम्न गएर मात्रै विवाह गर्ने चलन बढेको छ । सामाजिक सञ्जालले यस काममा अझै सघाउ पु-याएको छ । दुई मनबीचको दूरीलाई छोट्याइदिएको छ सामाजिक सञ्जालले ।

तर के यस्तो चलनले गर्दा हाम्रा रोधीघर र पँधेराहरु एक्लिँदै गएका हुन् ? हाम्रो मौलिकता लोप हुँदै गएको हो ?

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?