२२ जेष्ठ २०८०, सोमवार

एक हप्तामा सुदूरपश्चिमका ९ हजार जनालाई कोरोना विरुद्धको खोप

२०७७,माघ,२१,बुधबार १४:००

0
Shares

बैतडी । बैतडी सहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरस विरुद्धको (कोभिशिल्ड) खोप लगाइएको छ । प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो ।

माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो सङ्ख्यामा खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । प्रदेशमा सबैभन्दा बढी दुई हजार १८ जनालाई खोप लगाइएको छ ।

यस्तै अछाममा एक हजार १९५, बैतडीमा एक हजार ६५, कञ्चनपुर ९६४, डडेल्धुरामा ९४२, डोटीमा ९४०, दार्चुलामा ७४७, बझाङमा ६९१ र बाजुरामा ५११ जनलाई खोप लगाइएको हो । खोप कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशमा १२ वटा खोप केन्द्र तोकिएको छ ।

सरकारले सुदूरपश्चिमसहित देशका सबै प्रदेशमा यही माघ १४ गतेदेखि पहिलो चरणको कोरानाविरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरेको हो । पहिलो चरणमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कैदीबन्दी, एम्बुलेन्स तथा शवबाहनका चालक तथा सहचालक र कोरोनाका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई खोप लगाउने कार्य भइरहेको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप सङ्घीय सरकारले सुदूरपश्चिमका लागि ३६ हजार डोज खोप पठाएको थियो । सुदूरपश्चिममा यही माघ १४ गतेदेखि शुरु भएको पहिलो चरणको खोप अभियान माघ २८ सम्म सञ्चालन हुनेछ । प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए भने पहिलो खोप निर्देशक डा.गुणराज अवस्थीले लगाएका थिए ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १४:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०