अख्तियारदेखि मुस्लिम आयोगसम्म ३२ जनाको नियुक्ती (नामावलीसहित)

काठमाडौं । आज (बुधवार) विभिन्न ११ वटा संवैधानिक निकायहरुका रिक्त पदमा ३२ जना पदाधिकारी तथा सदस्यहरु नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको विभिन्न धारा बमोजिम संवैधानिक परिषद् बैठकको सिफारिसको आधारमा ११ संवैधानिक निकायमा ३२ जनालाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगदेखि थारु र मुस्लिम आयोगसम्म गरी ३२ जना पदाधिकारी तथा सदस्यहरुको नियुक्ती गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसअनुसार अख्तियार दुरुपयोग आयोगमा प्रमुख आयुक्तसहित दुई आयुक्तहरुको नियुक्ती भएको छ । अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई, आयुक्तहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्द नियुक्त भएका छन् ।

त्यस्तै निर्वाचन आयोगमा रिक्त दुई आयुक्तहरुमा रामप्रसाद भण्डारी र डा जानुकादेवि तुलाधरलाई नियुक्त गरिएको छ ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्षसहित ५ जनालाई नियुक्त गरिएको छ । आयोगको अध्यक्षमा तपबहादुर मगर र सदस्यहरुमा डा सूर्यप्रसाद शर्मा ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिलिहजुर बस्न्यात रहेका छन् ।

नियुक्त भएका सबै पदाधिकारी तथा सदस्यहरुको आज (बुधवार) बिहान राष्ट्रपति कार्यालयमा पद तथा गोपनियतको सपथ ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?