काठमाडौं । भारतमा कृषि कानूनिविरुद्ध किसान आन्दोलनको आज ७० औँ दिन भएको छ ।
यसैबीच दिल्ली पुलिसले लगातार यसमा एक्शन लिइरहेको छ । २६ जनवरीमा ट्याक्टर र्र्यालीको बेला भएको हिंसाको मामिलामा पुलिसले बुधवार ठूलो घोषणा गरेको छ ।
पुलिसले पञ्जावी अभिनेता दीप सिद्धू र अर्का आरोपी जुगराज सिंह, गुरजन्ट सिंहको बारेमा जानकारी दिनेलाई १ लाख दिने घोषणा गरेको छ।
त्यस्तै जजबीर सिंह, बूटा सिंंह र सुखदेव सिंहको बारेमा जानकारी दिनेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।