काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफमा आर्मीले चौदण्डीविरुद्ध ८-० को अग्रता बनाएको छ ।
पहिलो हाफमा आर्मीकी शर्मिला थापाले ह्याट्रिकसहित ५ गोल गरेकी छिन् । यस्तै कप्तान अन्जली वाइवा, हेमा चौधरी र बिमला चौधरीले एक एक गोल गर्नि ।
आर्मी ५ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ ।
चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।