दोश्रो विश्व युद्धका नायक तथा कोरोना कालका हीरो क्याप्टेन टमको निधन

काठमाडौं । बेलायतका पूर्व सैनिक तथा दोश्रो विश्व युद्धका नायक रहेका १०० वर्षका क्याप्टेन सर टम मूरको निधन भएको छ ।

उनको मंगलवार निधन भएको हो । आईतवार श्वासप्रश्वासमा समस्या आएपछि उनलाई बेडफोर्ड अस्पतालमा भर्ना गरिएको थियो ।

क्याप्टेन मूरकी छोरी हेना इंग्रामले केहि हप्ता यता उनको निमोनियाको उपचार भइरहेको बताएकी थिइन् ।

गत हप्ता मात्रै उनलाई कोरोना भाइरस संक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?