२६ जेष्ठ २०८०, शुक्रवार

को हुन् अमेजनका नयाँ सीईओ बन्न लागेका एण्डी जेसी ?

२०७७,माघ,२१,बुधबार १२:२५

0
Shares

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोस सीईओ पद छोड्दैछन् । उनको स्थानमा एण्डी जेसी नयाँ सीईओ बन्दैछन् । को हुन् त अमेजनको नयाँ सीईओ बन्न लागेका एण्डी जेसी ? यो जान्ने चाहना धेरैलाई छ ।

यसको बारेमा हामी तपाईलाई जानकारी दिनेछौँ । एण्डी जेसी अहिले अमेजन वेब सर्भिसेजका चीफ हुन् । ५३ वर्षका जेसीले १९९७ मा अमेजनमा प्रवेश गरेका थिए । उनले हार्वड बिजनेस स्कूलबाट एमबीए गरेका छन् ।

उनको विवाह रोचेले क्याप्लानसँग भएको थियो । उनीहरुका दुई बच्चा छन् । उनलाई खेल र म्यूजिक धेरै मन पर्छ । २००६ मा जेसीले अमेजनको क्लाउड सर्भिसेज प्लेटफर्म अमेजन वेब सर्भिसेजको स्थापना गरे ।

अमेजनका संस्थापक तथा संसारको सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले कम्पनीको सीईओ पद छोड्दैछन् । उनले अबको तीम महिनामा सीईओ पद छोड्ने बताइसकेका छन् । उनी गत २६वर्ष यता सीईओको पदमा छन् ।

उनले अनलाइन बुक स्टोरको रुपमा यो कम्पनीको स्थापना गरेका थिए । अब उनी कम्पनीको कार्यकारी अध्यक्षको रुपमा मात्रै काम गर्नेछन् ।

 

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १२:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पेरिस । फ्रान्सेली आल्प्सस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको सरकारले शुक्रबार जनाएको

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको

वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले

टेक्सास । टेक्सासको सर्फसाइडको पार्कमा बिहीबार पदमार्ग भत्किँदा २१ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१