१४ जेष्ठ २०८०, आईतवार

प्रकाशमान भन्छन्- प्रधानमन्त्रीमा अन्तरनिहित ‘म नै संविधान हुँ’ भन्ने दम्भ उजागर भयो !

२०७७,माघ,२१,बुधबार १२:३५

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदीय सुनुवाइ समिति नभएका बेला संवैधानिक निकायहरुमा नियुक्ती गरिनुले प्रधानमन्त्रीमा अन्तरनिहित दम्भ उजागर भएको टिप्पणी गरेका छन् ।

गत मंसिर ३० गते सरकारले संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारी तथा सदस्यहरुको नियुक्ती गरेको थियो । नियुक्त भएका पदाधिकारीहरुको बुधवार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सपथ ग्रहण सम्पन्न भएको छ । संसद विघटनपश्चात संसदीय सुनुवाई बिनानै नियुक्त गरिएका पदाधिकारीहरुको सपथ गराइएको हो ।

नेता सिंहले असंवैधानिक रुपमा असंवैधानिक रूपमा संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

“असंवैधानिक रूपमा संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित ञम नै संविधान हूँझ भन्ने दम्भ उजागर भएको छ ।” उनले भने ।

संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरम नपुगेको बैठकले गरेको सिफारिस नै असंवैधानिक रहेको ठहर गर्दै नेता सिंहले त्यसैलाई मान्यता दिनु अर्को असंवैधानिक कदम रहेको जिकिर गरेका छन् ।

“संवैधानिक परिषदको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको (कोरम नपुगेको) बैठकले गरेको सिफारिस नै असंवैधानिक थियो ।” उनले भने, “त्यसैले आज गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम हो ।”

संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम नहुने दाबी गरेका छन् । ७ दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको नेता सिंहको भनाइ रहेको छ ।

“त्यस्तै नेता सिंहले अब सचेत नभएमा देश नै गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने बताए । अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ ।” उनले भने ।

सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको जिकिर गरेका छन् ।

त्यस्तै अनावश्यक नियुक्ती र राज्यकोषको दुरुपयोग भएको भन्दै ज्ञानेन्द्र शैलीमा गरिएको सभा सम्मेलनले देशलाई अस्थिरतातर्फ धकेल्न उद्धत रहेको नेता सिंहले बताए । साथै संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथि ब्रम्हलुट भएको बताउँदै त्यसलाई रोक्न र जागरुक गराउन अपिल समेत गरेका छन् । “अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत देखिन्छ । संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथिको ब्रह्मलुट रोक्नमा लागि सबैलाई सचेत र जागरुक रहन अपिल गर्न चाहन्छु ।” उनले भने ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १२:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

आज आइतबार इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल हुँदैछ । फाइनलमा साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९