२७ जेष्ठ २०८०, शनिवार

विश्व हिन्दु महासंघ भारतको अध्यक्षमा मोदीका भाइ नियुक्त

२०७७,माघ,२१,बुधबार ११:२२

45
Shares

काठमाडौं । विश्व हिन्दु महासंघको भारत देशीय राष्ट्रिय अध्यक्षमा प्रह्लाद दास दामोदर राव मोदी चयन भएका छन् ।

भारतीय न्यूजहरूका अनुसार योगी आदित्यनाथले सम्हाल्दै आएको अध्यक्ष पद अब प्रह्लाद दास दामोदर राव मोदीले अन्तरिम अध्यक्षको रुपमा सम्हाल्ने छन् । योगी आदित्यनाथ विश्वहिन्दु महासंघको अन्तर्राष्ट्रिय उपाध्यक्षसमेत रहेका छन् र उनी अहिले उत्तरप्रदेशको मुख्यमन्त्री समेत रहेकाले भारतमा महासंघको राष्ट्रिय समितिको जिम्मेवारी प्रह्लाद दास दामोदर राव मोदीलाई दिइएको समाचार स्रोतहरूले जनाएका छन् ।

भारतमा प्रधानमन्त्री जनकल्याणकारी योजना प्रचारप्रसार अभियानका संयोजकसमेत रहेका प्रह्लाद दास दामोदर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सहोदर भाइ हुन् । विश्व हिन्दु महासंघको भारतीय राष्ट्रिय अध्यक्षको जिम्मेवारी पाएपछि भारतमा हिन्दुधर्मको अध्ययन, अनुसन्धान एवम् संवर्धन र विकास विस्तार तथा प्रचारप्रसारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्यालय नेपालको काठमाडौंमा रहेको विश्व हिन्दु महासंघको विश्वका पैंतालीस देशमा शाखा रहेको बताइएको छ । सनातन धर्म ॐकार परिवार (हिन्दु, बौद्ध, जैन, शिख, किराँत लगायत)को छाता संगठनको रूपमा क्रियाशील विश्व हिन्दु महासंघको भारत च्याप्टरमा प्रह्लाद मोदीको आगमनसँगै महासंघको भावी कार्यक्रम र रणनीति कस्तो हुने हो भन्ने आमसर्वसाधारणको जिज्ञाशा एवं ध्यानाकर्षण भएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार ११:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको

काठमाडौं । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँएका छन्

काठमाडौं । कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार विनाशकारी बाढी र वर्षाले पाकिस्तानलाई ३० अर्ब अमेरिकी डलरको नोक्सान गरेको बताएका छन्

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०