२२ जेष्ठ २०८०, सोमवार

म्यानचेस्टर युनाईटेडले गर्‍यो साउथह्याम्पटनको पोस्टमा गोलको वर्षा

२०७७,माघ,२१,बुधबार १०:३५

0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शानदार जित हात पारेको छ । मंगलवार राति भएको खेलमा युनाईटेडले साउथह्याम्पटनलाई ९-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको साउथह्याम्पटनविरुद्ध युनाईटेडले फराकिलो जित निकालेको हो । ओल्ड ट्राफोर्डमा खेलको दोस्रो मिनेटमा एलेक्सजेन्ड्रा जान्केविट्जले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो ।

Image

खेलको १८ औं मिनेटमा आरोन वान वासिकाले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । खेलको २५ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडको अग्रता २-० को बनाए ।

३४ औं मिनेटमा जान बेडनाराकले आत्मघाती गोल गर्दा युनाईटेड अग्रता तेब्बर बन्यो । खेलको ३९ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दा युनाईटेडले पहिलो हाफमा ४-० को अग्रता बनायो ।

खेलको ६९ औं मिनेटमा एन्थोनी मार्सियलले ग्ल गर्दै टोलीको अग्रता ५-० को बनाए । ७१ औं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाईटेडलाई ६-० को अग्रता दिलाए ।

Image

खेलको ८६ औं मिनेटमा जानले रातो कार्ड पाएपछि साउथह्याम्पटन ९ खेलाडीमा समेटियो । खेलको ८७ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता ७-० को बनाए ।

९० औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दा युनाईटेड ८-० ले अघि रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा डानियल जेम्सले गोल गर्दा युनाईटेडले ९-० को फराकिलो जित निकाल्यो ।


जितसँगै युनाईटेडले लिगमा शीर्ष स्थानको टिम म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । दोस्रो स्थानको युनाईटेडले २२ खेलमा ४४ अंक जोडेको छ ।

साउथह्याम्पटन २९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १०:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

हेमन्त केसी – जाजरकोट । पन्ध्र शय्याको अस्पताल निर्माण शुरु गरिएको जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताल भवन पहिरोका कारण अलपत्र

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विषयले संसदमा हंगामा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा नागरिकता विधेयक प्रमाणीकरणबारे

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०