२२ जेष्ठ २०८०, सोमवार

पत्रकार महासङ्घ हुम्लाको साधारणसभा सम्पन्न

२०७७,माघ,२१,बुधबार ०९:२३

0
Shares

सिमकोट । नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाको पाँचौँ साधारणसभा मङ्गलबार सम्पन्न भएको छ । शाखाका वरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीका अध्यक्षतामा भएको सो साधारणसभामा महासङ्घका केन्द्रीय सचिव लक्ष्मी पुन र सामानुपातिक उपाध्यक्ष मिमसिंह नेपालीको उपस्थिति थियो ।

सो अवसरमा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले पत्रकारले सहीरूपमा कलम चलाउन नसके झन् विकृति मौलाउने बताए । उनले भने, “पत्रकार कसैको पनि पक्षमा नभई सत्य, तथ्य र निष्पक्ष भएर कलम चलाउनुपर्छ । समाजमा ऐनाजस्तो पारदर्शी भएर रहन सक्नुपर्छ ।”

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले समाज परिवर्तनका संवाहक पत्रकार भएका कारण जिम्मेवारीअनुसार कलम चनाउनुपर्ने बताए । महासङ्घ सचिव पुनले पत्रकार आफ्नो पेशाप्रति लगाव र समाजप्रति उत्तरदायी हुनुका साथै कलमप्रति इमान्दर हुनुपर्ने बताए ।

सभामा वरिष्ठ उपाध्यक्ष शाहीले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सुरेश परियारले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सभाले आफ्नो भवन निर्माणका लागि जग्गा खरिदको पहल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार ०९:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०