२२ जेष्ठ २०८०, सोमवार

प्रतिनिधिसभा विघटन विरुद्ध अनेरास्ववियूको आधाघण्टा चक्काजाम

२०७७,माघ,२१,बुधबार ०९:१९

0
Shares

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल निकट अनेरास्ववियूले आज देशभरका क्याम्पस अगाडि आधा घण्टा चक्का जाम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई ‘प्रतिगमनकारी कदम’ भन्दै आन्दोलनरत अनेरास्ववियूले आज चक्काजाम सहित विरोध प्रदर्शन गरेको हो ।

बुधवार विहान सानोठिमी क्याम्पस अगाडि चक्काजाम पछि आयोजित विरोध कार्यक्रममा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले असंवैधानिक ढंगले अवरुद्ध पारिएको संसद सुचारू नगरिँदासम्म आन्दोलन नरोकिने बताए । बस्नेतले भने, ‘निर्वाचित तानाशाहको रुप धारण गरेका ओली संविधानको भक्षक बन्दै गएका छन् ।’

बस्नेतले प्रधानमन्त्री स्वयम् आन्दोलन र जनप्रदर्शनमा उत्रिएको घटनालाई दुनियाँमा काहीँ नभएको जात्राको संज्ञा दिए । उनले भने, ‘सर्वत्र घेराबन्दीमा परेपछि अत्तालिएका ओली आफैं पञ्च र्‍यालीको शैलीमा सडक जनप्रदर्शनमा उत्रिएका छन् ।’ प्रधानमन्त्री ओली राष्ट्रिय ढिकुटी रित्याएर पञ्चभेला गर्न लागेको बस्नेतले आरोप लगाए ।

अनेरास्ववियूले उपत्यकाको आरआर, शंकरदेव, मिनभवन, सानोठिमी, अस्कल, किर्तिपुर, पशुपति, पाटन, ताहाचल, पुल्चोक, थापाथली, ग्रामिण आदर्श लगायतका कलेज अगाडि आधा घण्टा चक्काजाम र विरोध प्रदर्शन गरेको अनेरास्ववियूका नेता पवन कार्कीले जनाए ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार ०९:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पहुँचका आधारमा बजेट विनियोजन गरिएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०