१४ जेष्ठ २०८०, आईतवार

नेपाल–क्यानाडा दौत्य सम्बन्धको ५६औँ वर्षगाँठ मनाइयो

२०७७,माघ,२१,बुधबार ०९:१९

0
Shares

काठमाडौँ । हालै नेपाल–क्यानडामैत्री तथा सांस्कृतिक सङ्घ नेपालले द्विपक्षीय दौत्य सम्बन्धको ५६औँ वर्षगाँठ मनाएको छ । प्रा.डा. प्रदीपकुमार खड्काको अध्यक्षतामा काठमाडौँमा सम्पन्न कार्यक्रममा नेपाल–क्यानडाबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको सङ्घले जनाएको छ ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपालको क्यानडालगायत देशसँग व्यापार वाणिज्य विस्तारसम्बन्धी तथा ग्यास सञ्चालनमा सचेतता सम्बन्धबारे जानकारी दिए । राष्ट्रियसभाका सदस्य कोमल वलीले दुई देशबीचको सम्बन्ध प्रगाढ रहिआएको उल्लेख गर्दै आगामी दिनमा अझै विस्तार भएर जाने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा पूर्वराजदूत शम्भुराम सिंखडालगायत अन्य वक्ताहरूले प्रविधिको विकासले दुई देशहरु भौगोलिकरूपमा जतिसुकै टाढा रहे पनि एक आपसी सम्बन्धमा दूरीले फरक नपार्ने तथा क्यानडामा नेपालीहरूले सुरक्षितरूपमा जीवनयापन गर्न पाएकोप्रति धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बुद्धिजीवी, प्राध्यापक, कलाकार, पत्रकारलगायत संस्थाका पदाधिकारीको उपस्थिति थियो ।

आयोजक संस्थाले वर्षगाँठको अवसरमा दुई देशबीचको सम्बन्ध प्रगाढ होस् भन्ने उद्देश्यले सो संस्थाका उपाध्यक्ष प्रा.डा. गोपाल पोखरेलले सम्पादन गरेका ‘सोभेनर’ नामक जर्नलसमेत विमोचन गराएको थियो । सो कार्यक्रम सधैँ जनवरी १८ तारिखमा मनाउने गरिए पनि यसपटक भने प्राविधिक कारणले जनवरी ३० तारिखमा मात्र मनाइएको अध्यक्ष खड्काले जानकारी दिए ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार ०९:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

काठमाडौँ । नागरिक अगुवाहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपति रामचन्द्र पौडेलमाथि दवाव बढाएका छन् । नागरिक अगुवाहरु साध्यबहादुर, भण्डारी, डा

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालयमा दिउँसो १

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०
१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी
 २०८०,जेष्ठ,१४,आईतवार ०७:३९