२६ जेष्ठ २०८०, शुक्रवार

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पदमार्ग निर्माण

२०७७,माघ,२१,बुधबार ०८:४३

0
Shares

चरीकोट । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिकाले पर्यटकलाई लक्ष्य गरी पदमार्ग निर्माण गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको पहिचान गरी नगरपालिकाले वडा नं २ र ४ मा पदमार्ग निर्माण गरेको हो ।

नगरपालिकालको वडा नं २ को मञ्जुश्री उद्यानदेखि भ्यूटावरसम्म र वडा नं ४ जिलुको वृन्दावनदेखि साहित्य उद्यानसम्म आकर्षक पदमार्ग निर्माणको काम भइरहेको छ । वडा नं २ को मञ्जुश्री उद्यानदेखि वडा नं ६ को भ्यूटावरसम्म करिब ३१ लाखको लागतमा दुई किलोमिटर पदमार्ग निर्माण गर्न लागिएको र करिब तीन हजार ६०० सिँढी निर्माण गर्ने योजनाका साथ काम भइरहेको भीमेश्वर नगरपालिकाका रोजगार संयोजक डम्बरप्रसाद ओलीले बताए । संयोजक ओलीका अनुसार वडा नं ४ को बृन्दावनमा २० लाख ६८ हजारको लागतमा एक हजार ८०० मिटरको पदमार्ग निर्माणको काम धमाधम भइरहेको छ । भीमेश्वर नगरपालिकाले बेरोजगार सूचीमा आवेदन गरेकाहरुको पहिचान गरी आवश्यकताअनुसार विभिन्न विकास निर्माणको काममा परिचालन गरेको हो ।

भीमेश्वर नगरपालिकाले नगरवासीको गौरवको आयोजनासँगै पर्यटन प्रवद्र्धन तथा जीविकोपार्जनलाई समेत विशेष महत्वका साथ हेरिएको र समग्र क्षेत्रमा विकास गराउने उद्देश्यले काम गरिरहेको नगरपालिकाका प्रवक्ता हरिवंश चौलागाईँले बताए । नगरपालिकाले पर्यटकलाई लक्ष्य गरी विभिन्न क्षेत्रमा उद्यान, पोखरी, भ्यूटावरको निर्माण गरिसकेको र पर्यटकीयस्थलको पहिचान गरी पूर्वाधार विकासका काम गरिरहेको प्रवक्ता चौलागाईँले बताए । सांस्कृतिक धार्मिक प्राकृतिक रूपमा विभिन्न ठाउँमा नगरपालिकाले निर्माण गरेको पर्यटकीय क्षेत्रहरुमा पुग्न तथा पर्यटन प्रवद्र्धनका लागि पदमार्ग महत्वपूर्ण मार्गको रूपमा हेरिएको छ । नगरपालिकाले बेरोजगारको पहिचान गरी रोजगार दिएर आफूलाई विकास निर्माणका काममा लगाएको वडा नं ४ का तिलकप्रसाद सापकोटाले खुशी व्यक्त गरे । पदमार्ग निर्माण सम्पन्न भएसँगै बृन्दावन, महाँकाल मन्दिर, जलेश्वर मन्दिर, एकीकृत नमूना बस्तीलगायत धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्न सकिन्छ ।

भीमेश्वर नगरपालिकामा १६ वर्षदेखि ४० वर्ष उमेर समूहका तीन हजार ५६६ जना प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सूचीकृत भएका छन् । रोजगारीका लागि एक हजार ७६१ पुरुष र एक हजार ८०३ महिला रोजगार कार्यक्रममा सूचीकृत भएको रोजगार संयोजक ओलीले बताए । रोजगार कार्यक्रमा सूचीकृत भएकामध्ये वडा नं २ र ४ का पदमार्ग निर्माण गर्न लागेको र अन्य वडामा त्यस्तै निर्माणको काममा लगाउने तयारी भइरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकाहरूले कम्तीमा १०० दिनको रोजगारी पाउने व्यवस्था रहेको छ । बेरोजगार रहेकालाई विकास निर्माणको काम लगाउने र भुक्तानी गरिने हुँदा ग्रामीण क्षेत्रमा यो कार्यक्रम निकै लोकप्रिय बन्दै गएको छ । ज्याला मजदुरीमा काम गर्दा सम्मान काममासमेत महिला पुरुषको बीच ज्यालामा विभेद भइरहेको अवस्थामा यो कार्यक्रममले सम्मान ज्याला वितरणले थप लोकप्रिय बनेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार ०८:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि तय गरिएको संघीय संसद

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१