२२ जेष्ठ २०८०, सोमवार

बिहान ९ बजे संवैधानिक निकायमा सिफारिस पदाधिकारीको शपथ हुँदै

२०७७,माघ,२१,बुधबार ०८:०८

0
Shares

काठमाडौं । सरकारले संवैधानिक निकायमा सिफारिस व्यक्तिहरूको शपथ ग्रहण आज बुधवार बिहान ९ बजे गराउने तयारी गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बुधबार शपथ ग्रहणको कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको जानकारी दिए ।

आयोगका अध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ खुवाउने छन्। त्यस्तै, सदस्यलाई भने सोही आयोगका अध्यक्षले सपथ गराउनेछन्।

गत मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका लागि ३८ जनाको नाम सिफारिस गरेको थियो ।

प्रतिनिधिसभा विघटन भएपछि अख्तियारदेखि मानवअधिकार आयोगसम्म नियुक्त भएका पदाधिकारीको सुनुवाइ भने हुन सकेको छैन । सुनुवाइ नभएपछि निर्णय भएको ४५ दिनपछि स्वतः नियुक्त हुने व्यवस्थाअनुसार सरकारले संवैधानिक निकायमा नियुक्त भएकाहरुलाई शपथ खुवाउने तयारी गरेको हो ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार ०८:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०