१४ जेष्ठ २०८०, आईतवार

विश्व सिमसार दिवसमा सात तलाउको नामाकरण

२०७७,माघ,२१,बुधबार ०६:५४

0
Shares

सिद्धार्थनगर । विश्व सिमसार दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रका विभिन्न सात तलाउको नामाकरण गरिएको छ । अग्रज प्रकृति संरक्षणकर्मीका नामबाट ती तलाउको नामाकरण गरिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए ।

पानी, सिमसार र जीवनबीचको सम्बन्धबारे प्रकाश पार्दै उनले प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरूको स्मृतिमा सातवटा सिमसारको नामाकरण गरेको घोषणा गरिएको बताए । उनका अनुसार प्रकृतिविद् स्व. हर्क गुरुङ, डा. चन्द्र गुरुङ, डा. मिङ्मा नर्बु शेर्पा, हरिशरण नेपाली काजी, डा. तीर्थमान मास्के, डा. जर्ज अर्चिबल्ड र डा. घन गुरुङ सिमसार भनेर नाम घोषणा गरिएको छ ।

डा. घनश्याम गुरुङ हाल विश्व वन्यजन्तु कोष नेपालको निर्देशक छन् भने हर्क, चन्द्र, तीर्थ, नर्बु, हरिशरण र जर्ज अर्चिबल्डको १४ वर्ष पहिले ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

सो अवसरमा लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातवरणमन्त्री लीला गिरीले प्रकृति संरक्षणका लागि प्रदेश सरकार स्पष्ट योजनासहित अघि बढ्ने बताए । उनले लुम्बिनी प्रदेशको प्रकृति संरक्षण र जैविक विविधताका लागि योजनाबद्ध काम गरिरहेको बताए ।

सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यले बुद्ध दर्शनसँग सम्बन्ध राख्ने सारसको संरक्षण र सिमसारको संवद्र्धनका लागि विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताए । विश्व वन्यजन्तु कोषका नेपाल निर्देशक डा. घनश्याम गुरुङले सिमसार र प्रकृति संरक्षणका लागि अग्रजहरुको सम्मानमा सिमसारको नामाकरण गरिनु महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार ०६:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०