काठमाडौं : नेपाल राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा व्यवसायीले नपाएको गुनासो गरेका छन् ।
कोरोना महामारी पीडित सर्वपक्षीय पेशा व्यवसाय समितिले मंगलवार बालुवाटारमा धर्ना तथा कोणसभा गर्दै रोजगारी सुनिश्चित गर्ने मध्यम तथा निम्न मध्यम वर्गीय व्यवासायले नै राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाउँदा व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताएका हुन् ।
कार्यक्रममा सङ्घर्ष समितिका संयोजक कर्णबहादुर शाहीले मुलुकको मौद्रिक नीति कार्यान्वयन नहुँदा अधिकांश पेशा व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताए।
सरकारले मध्यम तथा साना व्यवसायीको पीडा नसुनेको उनको भनाइ थियो । सरकारले पुर्नकर्जा, थप कर्जा तथा सहुलियत कर्जा भनेर रु डेढ खर्ब ४८ अर्ब वितरण गर्ने भने पनि अधिकांश मध्यम तथा निम्न मध्यम वर्गीय व्यवसायीको पहुँचमा नपुग्दा सडक आन्दोलन गर्न बाध्य भएको व्यवसायीले बताएका छन् ।
टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का अध्यक्ष ईश्वर शर्माले मौद्रिक नीतिमा साना व्यवसायीलाई नसमेटिएको तथा बैंकको अन्याय अत्याचार बढेका कारण आन्दोलनमा आउनुपरेको बताए ।
बैंकले दिएको सहुलियत कर्जा केही व्यवसायीको पहुँचमा मात्र भएको उनको भनाइ थियो । धर्ना कार्यक्रममा विभिन्न ४३ वटा छाता सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सरकारका निकायलाई चरणबद्धरुपमा आफ्ना मागबारे प्रस्ताव गर्दा पनि केही नभएपछि व्यवसाय नै छोडेर आन्दोलन गर्न बाध्य भएको समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया