२२ जेष्ठ २०८०, सोमवार

जापानमा कोरोनाको अवस्था भयावह, थपियो सङ्कटकाल

२०७७,माघ,२०,मंगलवार २१:०६

0
Shares

काठमाडौँ– जापानले कोभिड–१९ विरूद्धको अभियान अझै सफल भई नसकेको भन्दै आगामी मार्च ७ गतेसम्मका लागि देशव्यापी जारी स्वास्थ्य सङ्कटकाललाई बढाएको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले मङ्गलबार कोविड–१९ महामारीको कारण लगाइँदै आएको सङ्कटकाललाई थप एक महिनाको लागि विस्तार गरेका हुन् ।

सरकारको कोभिड–१९ कार्यदलको बैठकपछि प्रधानमन्त्रीले भने, “जापानका ११ वटा प्रान्तमध्ये हाल टोकियो र छिमेकी कानागावा, चिबा र सैतामा क्षेत्रका साथै ऐचि, गिफु, ओसाका, क्योटो, ह्योगो र फुकुओका क्षेत्रहरुमा रहेको कोभिड–१९ सङ्कटकाललाई थप बढाउने सरकारले घोषणा गरेको हो ।

यसैबीच राजधानीको उत्तरमा अवस्थित तोचिगी प्रान्तमा कोभिडको समस्या कम भएको भन्दै यसलाई आपतकालिन सूचीबाट हटाइने पनि प्रधानमन्त्रीले बताएका छन् भने दक्षिण टापु ओकिनावा प्रान्तमा सङ्कटकाल थप गर्ने वा नगर्ने भन्ने निर्णय भइसकेको छैन ।

जापानी सरकारले सबैभन्दा पहिले ग्रेटर टोकियो क्षेत्र र ओसाकालगायत सघन आबादी भएका अन्य प्रमुख सहरी क्षेत्रहरु को लागी जनवरीमा घोषणा गरेको सङ्कटकाल यही फेब्रुअरी ७ मा का लागि रहेको थियो । आपतकालिन अवस्थाको घोषणा भएदेखि नै मानिसहरूलाई घरबाहिर अनावश्यक यात्रा गर्नबाट जोगिन र घरबाट काम गर्न आग्रह गरिएको छ ।

जापानभर मङ्गलबारसम्म तीन लाख ८९ हजार ५१८ व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजार ७२२ जनाको मृत्यु भएको छ । जापानको सबैभन्दा बढी प्रभावित राजधानी सहर टोकियोमा सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या एक लाखभन्दा बढी पुगेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार २१:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल

काठमाडौं । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)

काठमाडौं । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०