१४ जेष्ठ २०८०, आईतवार

कोरोना अपडेट: एक जनाको मृत्यु, १७१ जना संक्रमित

२०७७,माघ,२०,मंगलवार २१:२७

0
Shares

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ९४६ को स्वास्थ्य परीक्षण गर्दा ७१ महिला र १०० पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार २ सय ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २५९ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६६ हजार ८५९ पुगेको छ । अहिले देशभर दुई हजार ४०० सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९८ जना क्वारेन्टिनमा रहेका छन् ।

त्यसैगरी दुई हजार ४०० आइसोलेसनमा, ६८ जनाको आइसियु र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म नेपालमा २० लाख ७८ हजार ९८ जनाको पिसिआर परीक्षण भएको छ ।

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ३० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप एकले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार २१:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । यही जेठ ५ गतेदेखि खोटाङमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ९१ जनाको नमुना

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना भाइरस विरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले

काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ। पछिल्लो २४ घन्टामा गरिएको ८ सय ४४

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९