२८ जेष्ठ २०८०, आईतवार

भारतले सडक निर्माण गरेको ठाउँमा पहिरो, महाकाली नदीमा थुनिएको आशंका

२०७७,माघ,२०,मंगलवार २०:३२

0
Shares

काठमाडौँ– भारतले निर्माण गरिरहेको सडकका कारण माल्पा क्षेत्रमा पुनः पहिरो गएको छ । कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा आज पहिरो गएको हो ।

पहिरोका कारण महाकाली नदी थुनिएको आशंका गरिएको छ । पहिरो गएको क्षेत्रमा अहिले भारतीय प्रशासनले ढुङ्गा माटो हटाउने कार्य गरिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । “पहिरो पन्छ्याउने काम भइरहेको छ”, उनले भने, “धेरै खतराको अवस्था छैन । हिउँदेयाम भएको र अहिले वर्षा र हिमपात नभएको कारण खतरा छैन ।”

पहिरोको अवस्था बुझ्न प्रहरीचौकी दुम्लीङबाट टोली खटिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख भास्कर चन्दले बताए । यहाँबाट प्रहरी टोली पुग्न पाँचछ घण्टा बढी समय लाग्छ तर जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी नगर्दै कञ्चनपुर जिल्ला प्रशासनले सीमा क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।

नदी थुनिएको र छेउछाउका बस्तीमा खतरा हुनसक्ने भन्दै सावधानी अपनाउन कञ्चनपुर प्रशासनले सम्बन्धीत सबैमा आग्रह गरेको हो ।

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार २०:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

मंगलबारे । यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौँडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे

काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०