फागुन १२ गतेदेखि अनसन बस्ने डाक्टर गोविन्द केसीको चेतावनी

काठमाडौं । डाक्टर गोविन्द केसीले फागुन १२ गतेदेखि २० औँ अनसन शुरु गर्ने चेतावनी दिएका छन् ।

आज (मंगलवार) एक विज्ञप्ति जारी गर्दै उनले देशमा संवैधानिक संकट भएको र एक व्यक्तिले सिंगो राज्य कब्जा गर्ने प्रपञ्च चलिरहेको भन्दै त्यसविरुद्ध अनशन बस्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद्‌ विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द गरिनुपर्ने माग डाक्टर केसकिो रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?