१३ आश्विन २०८०, शनिवार

यादवको रिहाइका लागि प्रजिअलाई ज्ञापन

२०७४,आश्विन,१८,बुधबार ०५:१२

0
Shares

इटहरी, १८ असोज ।सप्तरी जिल्लाको दक्षिणी क्षेत्रको भारतीय सीमा क्षेत्र कोइलाडी–२ का देवनाराणण यादव, उनका छोरा अजय यादवसहित अर्का एक नेपालीलाई भारतको विहारमा नजरबन्द गरिएकोप्रति सुनसरी बार एसोसिएसनले आपत्ति जनाउँदै बिनासर्त रिहाको कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।सुनसरी बार एशोसिएशनले मंगलबार सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसमक्ष ज्ञापनपत्र बुझाउँदै कपोलकल्पित आरोप लगाएर सीमा सुरक्षाका लागि सक्रिय नेपाली नागरिकलाई विहारको प्रहरीले नियन्त्रणमा लिई नजरबन्दमा राखेर निन्दनीय कार्य गरेकाले ती सबैको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको सुनसरी बारले बताएको छ ।सीमा क्षेत्रमा इमान्दारितापूर्वक काम गरिरहेका नेपाली नागरिक देवनाराण यादव र उनका छोरा तथा अर्को एक नेपालीलाई अनाहकमा मिथ्या आरोप लगाई नियन्त्रणमा लिने कार्य आफैँमा निन्दनीय र हेपाहा काम भएको पनि सुनसरी बारले उल्लेख गरेको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ०५:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप

काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष

काठमाडौं । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०