२२ जेष्ठ २०८०, सोमवार

चुनावमा जान कांग्रेस किन पछि हट्ने ?, नयाँ जनादेश मुलुकको आवश्यकता हो : शंकर भण्डारी

२०७७,माघ,२०,मंगलवार १६:४४

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै यस सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला-निर्णय आफूहरुलाई स्विकार्य हुने स्पष्ट पारेका छन् ।

उनले भने–‘हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । अदालतको फैसला सर्वमान्य हुन्छ । हाम्रो पार्टीको पदाधिकारीको बैठकले संसद् विघटनको सन्दर्भमा यो कदम गैरसंवैधानिक र अलोकतान्त्रिक छ भनेर स्पष्ट रुपमा भनिसकेको छ । अहिले केन्द्रीय कमिटीको बैठक जारी छ ।’

उनले नेकपाले जनमतको अपमान गरेको पनि आरोप लगाए । उनले भने,‘नेकपाले सरकार चलाउन सक्दैन् भन्ने कुरा पुष्टि भयो । नेकपा सरकार सञ्चालनमा असफल भयो । सरकारले देश र जनताको पक्षमा काम गर्न सकेन् । जनताको मतप्रति बेइमानी र धोका गर्यो । आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त भयो । बास्तवमा यो सरकार त संस्थागत् रुपमा भ्रष्टाचार गर्दै थियो । संवैधानिक निकायलाई अघोषित रुपमा कब्जामा लिएर, प्रशासनिक निकाय र सुरक्षा निकायलाई पनि प्रभावमा पार्ने काम भएको थियो । सरकारले सर्वसत्तावाद चरित्र देखायो । त्यसको परिणति आज देशले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने अवस्था छ ।’

अब सरकारले चुनावको मिति नै घोषणा गरिसकेको छ, तपाईँहरु चुनावमा जाने कि नजाने ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने–‘चुनावमा जान कांग्रेस किन पछि हट्ने ? नेपालमा कम्युनिष्टहरुले सरकार चलाउन सकेनन् । जनताको मतलाई कदर गरेनन् । देशलाई स्थायित्वतर्फ अघि बढाउने र विकास र समृद्धिको लागि काम गर्ने यो सरकारसँग ठूलो अवसर थियो । तर, कम्युनिष्टले समय खेर फाले । आन्तरिक कलह देखाएर, आज देशलाई कुन अवस्थामा पुर्याए ? कोरोनाको कारणले आज देश कुन अवस्थामा पुगेको छ ? न संवैधानिक निकायको कुनै सम्मान नै छ, नाम कम्युनिष्ट ।’

भण्डारीले अहिले नयाँ जनादेशमा जाने कुरा मुलुकको आवश्यकत्ता भएको दाबी गरे । उनले भने,‘नयाँ जनादेश मुलुकको आवश्यकता हो, संसद् विघटनको मुद्दा अदालतमा पुगेको छ । हामी अदालतको फैसलालाई सम्मान गर्छौं ।’

अबको कांग्रेसको चुनावी एजेण्डा हिन्दूराष्ट्र पूनर्स्थापना हो भनेर सोधिएको अर्को प्रश्नमा भण्डारीले भने–‘हिन्दूराष्ट्रको विषयमा कांग्रेसमा अत्यन्तै गहन रुपमा छलफल भएको छ। यसअघि काठमाडौंमा सम्पन्न महासमितिको बैठकमा बहुमत सदस्यहरुले कांग्रेसले मूल एजेण्डाको रुपमा सनातन हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर हस्ताक्षर गरेका थिए, यो विषय महाधिवेशनको मूल विषय बन्नेछ ।’

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार १६:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पहुँचका आधारमा बजेट विनियोजन गरिएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०