१४ जेष्ठ २०८०, आईतवार

बालुवाटारमा व्यवसायीको धर्ना : राहत प्याकेजको कार्यान्वयन खोइ ?

२०७७,माघ,२०,मंगलवार १६:३९

0
Shares

काठमाडौं । साना तथा मझौला व्यवसायीहरुले बालुवाटारमा धर्ना दिएका छन् ।

व्यवसायीहरुले मौद्रिक नीतिमा आएको राहत प्याकेज कार्यान्वयनमा नआएको भन्दै बालुवाटारमा धर्ना दिएका हुन् । कोरोनाका कारण सम्पूर्ण व्यवसाय ध्वस्त भएपछि सरकारले राहत स्वरुप मौद्रिक नीति मार्फत राहत प्याकेज ल्याएको थियो । तर सो राहत प्याकेजको कार्यान्वयन नभएको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका हुन् ।

कोरोना महामारी पीडित सर्वपक्षिय पेशा व्यवसायी संघर्ष समितिको आह्वानमा मंगलबार बालुवाटार क्षेत्रमा सो धर्ना भएको हो । व्यवसायीले अर्थमन्त्रालय,राष्ट्र बैंक,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मनत्रालय लगायत निकायलाई समस्या समाधानका लागि पटक पटक आग्रह गर्दै आएका थिए । तर संबन्धीत निकायले वेवास्ता गरेको भन्दै राहत प्याकेज कार्यान्वयनका लागि विरोध गरेको व्यवसायीले बताएका छन् ।

ठुला उद्योग व्यवसायलाई मात्रै राहत उपलब्ध गराएको तर साना र मझौलाई वेवास्ता गरेको उनीको भनाई छ । त्यसैले विरोधमा उत्रिनुको विकल्प नभएको व्यवसायीको भनाई छ ।

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार १६:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०