२२ जेष्ठ २०८०, सोमवार

आइसीसी प्लेयर अफ द मन्थ अवार्ड : पन्त, रुट र स्टर्लिङ पुरुष क्याटेगरीमा नोमिनेट, महिलामा डायना, शबनम र मारिजाना

२०७७,माघ,२०,मंगलवार १६:३९

0
Shares

काठमाडौं । इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) ले पहिलो प्लेयर अफ दि मन्थ अवार्डका लागि नोमिनेट भएका क्रिकेटर्सको लिस्ट जारी गरेको छ । पुरुष क्याटेगरीमा भारतका ऋषभ पन्त, इंग्ल्याण्डका जो रुट र आयरल्याण्डका पल स्टर्लिङ नोमिनेट भएका छन् ।

त्यस्तै महिला क्याटेगरीमा पाकिस्तानकी डायना बेग, दक्षिण अफ्रिकाकी शबनम इस्माइल र दक्षिण अफ्रिकाकै मारिजान क्याप रहेका छन् ।

जनवरमिा पन्तले अष्ट्रेलियाविरुद्ध सिड्नी टेस्टमा ९७ र ब्रिस्बेन टेस्टमा ८९ रनको पारी खेलेका थिए भने रुटले श्रीलंकाको विरुद्ध गलमा दुई टेस्ट म्याचमा २२८ र १८६ रन बनाएका थिए । त्यस्तै स्टर्लिङले यूएईविरुद्ध दुई र अफगानिस्तानविरुद्ध तीन वान डे इन्टरनेशनल म्याच खेलेका थिए । जसमा उनले तीन शतक बनाएका थिए ।

त्यस्तै महिला क्याटेगरीमा डायनाले दक्षिण अफ्रिाकाविरुद्ध तीन वान डे र दुई टी २० म्याचमा नौ विकेट लिएकी थिइन् ।

डायना बेग ने साउथ अफ्रीका के खिलाफ वनडे सीरीज में नौ विकेट लिए।

त्यस्तै साउथ अफ्रिकाकी इस्माइलले पाकिस्तानविरुद्ध वान डे सीरीजमा सात विकेट लिएपछि दोश्रो टी २० मा पाँच विकेट लिएकी थिइन् ।

क्यापले पाकिस्तानविरद्ध दुई वान डे र दुई टी २० मा ११०.५७ को स्ट्राइक रेटमा ११५ रन बनाएर तीन विकेट लिएकी थिइन् ।
आइसीसीले २७ जनवरीमा प्लेयर अफ दि मन्थ अवार्ड दिने घोषणा गरेको थियो ।

 

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार १६:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा

काठमाडौं । स्विडेन तथा इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । इब्राहिमोविचले

काठमाडौं । आयोजक टीका भैरवले सो–क्योकुसिन कराते ब्राञ्च डोजो छैटौँ राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगिताको च्याम्पियन बनेको छ ।

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०