१४ जेष्ठ २०८०, आईतवार

महिला लिग फुटबल : वालिङको सहज जित

२०७७,माघ,२०,मंगलवार १६:१३

0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्गजाको वालिङ नगरपालिकाले सहज जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको खेलमा वालिङले चन्द्रपुरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

वालिङको जितमा मेथो रुथले दुई गोल गरिन् । यस्तै टोउटा ओर्नेलाले एक गोल गरिन् । खेलको ३७ औं मिनेटमा क्यामरुनी खेलाडी ओर्नेलाले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।

खेलको ४५ औं मिनेटमा क्यामरुनकै रुथले गोलमा वालिङको अग्रता २-० ले अघि बढ्यो । त्यसपछि खेलको ५४ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई ३-० को सहज जित दिलाईन् ।

जितसँगै वालिङले ६ खेलमा ८ अंक जोडेको छ । वालिङ तेस्रो स्थानमा उक्लिएको छ ।

चन्द्रपुरले ६ खेलमा ३ अंक जोडेको छ ।

चन्द्रपुरको यो पाँचौ हार हो । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार १६:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०