काठमाडौं । म्यानमारमा सेनाले आईतवार आधा रात २ बजे सत्ता कब्जामा गर्यो । त्यहाँका लोकप्यि नेता र स्टेट काउन्सलर आङ साङ सूकी र राष्ट्रपति विन मिन्ट समेत केहि नेताहरुलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।
म्यानमारमा गत तीन दिनदेखि सेनाको ठूलो मूभमेण्ट चलिरहेको थियो । त्यसैले पहिल्यैदेखि मिलिट्रीले केहि गर्न सक्ने आशंका गरिएको थियो । तर प्रश्न यो छ कि, आखिर यस्तो स्थिती कसरी बन्यो ? किन सेनाले सत्ता कब्जा गर्यो र यसमा चीनले अब के गर्छ भन्ने कुरा धेरैले सोचिरहेका छन् ।
म्यानमारमा के भयो ?
म्यानमारमा गत तीन दिनदेखि सेनाको ठूलो मूभमेण्ट चलिरहेको थियो । त्यहाँको राजधानी नेपिता समेत ठूला शहरमा इन्टरनेट बन्द छन् र केहि स्थानमा फोन सर्भिस पनि बन्द गरिएको छ ।
सरकारी च्यानल एमआरटिभीको टेलिकास्ट बन्द भएको छ र उसले यसका लागि टेक्निक समस्या भएको बताएको छ । म्यानमारको पुरानो राजधानी यांगूनमा पनि इन्टरनेट र फोन बनद छन् ।
बिहान मानिसलाई जब आधा रातमा भएको सत्ता परिवर्तनको कुरा पत्ता लाग्यो तब, मानिसले बजारमा गएर खाने कुराहरु किन्न शुरु गरेका थिए ।
आङ सान सू कीको पार्टी नेशनल लीग फर डेमोक्रेसीले न्यूज एजेन्सी रोयटर्सलाई सूकी र राष्ट्रपति विन मिन्ट समेत केहि नेता पक्राउ परेको जानकारी दिएको थियो ।
किन भयो यस्तो ?
गत वर्षको नोभेम्बरमा म्यानमारमा आम चुनाव भएको थियो । यसमा आङ सान सूकीको पार्टीले दुवै सदनमा ३९६ सीट जितेको थियो । उनको पार्टीले लोअर हाउसको ३३० मध्ये २५८ र अपर हाउसका १६८ मध्ये १३८ सीट जितेको थियो ।
म्यानमारको मुख्य विपक्षी पार्टी यूनियस सलिड्यारिटी एण्ड डेभलपमेण्ट पार्टीले दुवै सदनमामा मात्र ३३ सीट जितेको थियो । यस पार्टीलाई सेनाको समर्थन थियो । यस पार्टीका नेता थान हिते थिए ।
जो सेनामा ब्रिगेडियर जनरल भइसकेका व्यक्ति हुन् । नतिजा आएपछि त्यहाँको सेनाले धाँदली भएको बतायो । सर्वोच्च अदालतमा राष्ट्रपति र चुनाव आयोगको मुद्दा पर्यो ।
चुनाव नतिजापछि लोकतान्त्रिक तरिकाबाट भएको सरकार र त्यहाँका सेनाबीच मतभेद शुरु भयो । अहिले म्यानमारको सत्ता पूर्ण रुपमा सेनाको हातमा छ ।
सत्ता कब्जापछि एक वर्षका लागि सेनाले संकटकाल लगाएको छ ।
त्यहाँ सेनाको शासन रहनाले अब चीन म्यानमारसँग नजिक हुन सक्नेछ । जसका कारण अन्य छिमेकी देशका लागि भने यो कदम कठीन हुन सक्ने आँकलन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया