सिन्धुपाल्चोकमा बस दुर्घटना : २० जना घाइते, १ जनालाई काठमाडौं ल्याइँदै

लोकपथ
0
Shares

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका-६ लापिलाङबाट काठमाडौं आउँदै गरेको बा ३ ख २७८९ नम्बरको यात्रुवाहक बस सुनकोशी गाउँपालिका-७ ११ किलो भन्ने स्थानमा दुर्घटना भएको छ ।

दुर्घटनामा परी २० जना भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राम चन्द्र घिमिरेले लोकपथलाई जानकारी दिए ।

तीव्र गतिका कारण बस अचानक अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हुनसक्ने उनले बताए । २० जना घाइतेमध्ये १ बालक ८ जना महिला र ११ जना पुरुष रहेका एसपी घिमिरेले जानकारी दिए ।

घाइतेमध्ये १ जनालाई बनेपा र १ जनालाई काठमाडौं रिफर गरिएको उनले जानकारी दिए । प्रहरी घटनास्थलमा पुगिसकेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?