काठमाडौं । अभिनेत्री सुष्मा कार्कीेले सोमवार साँझ दरबारमार्गमा रहेको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।
उनले अभिनेत्री स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले आफुलाई कुटपिट गर्दै गालीगलौज गरेको आरोप समेत लगाउदै मंगलवार बिहान महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् ।
सुम्माले आफुमाथी भएको कुटपिटको विरुद्धमा उजुरी दिएको प्रहरी वृत्त दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले पुष्टि गरे ।
‘आफूमाथि आरतीले कुटपिट गरेको र उत्सवले गाली गलौज गरेको भन्दै सुष्माले ठाडो उजुरी दिएकी छन्’ डिएसी पौडेलले भने ‘दुबै पक्षलाई अहिले बोलाएका छौँ । छलफलपछि के भएको थाहा हुनेछ ।’ सुस्मालाई अन्याय भएको रहेछ भने आफुहरुले न्याय दिलाउनेको भनाई रहेको छ ।
सुस्माले क्याफेमा भएको झगडाको भिडियो समेत प्रहरीमा बुझाएकी छन् ।
सोमवार साँझ अनिता बास्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा अभिनेत्री श्वेता, उनका श्रीमान विजयन्द्र सिंह रावत, आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पहिले देखिनै साथीहरुसँग रहेकी थिइन् ।
त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा बादबिवाद भएकोर आफूमाथि आरतीले कुटपिट गरेको सुष्माले उजुरीमा उल्लेख गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया